News

रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४१ पुगेको छ।

रसियामा आइतबार कोरोना भाइरस संक्रमणका कारण थप १ सय ५३ जनाको ज्यान गएको छ।

रसियाको कोरोना भाइरस केन्द्रले पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ।

यो संख्या हालसम्म रेकर्ड भएको सबैभन्दा बढी दैनिकी मृत्यु संख्या हो।

योसँगै रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित फेला परेका छन् भने देशभरको कुल संक्रमित संख्या ३ लाख ४४ हजार ४ सय ८१ पुगेको छ।

Related Articles

Back to top button
Close