News

यी हुन प्रेमिका भगाउन जादा गाउँलेको कु’टाइ बाट मृ त्यु हुने युबक,

जेठ / गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कु”टाइ’बाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ”त्यु भएको छ ।

नवराजसँग गएका छ युवा अझै बेप’त्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले प”क्राउ गरेको छ ।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेहरुले युवालाई कु ट”पि ट गर्दा नवराजको मृ त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँलेहरुले लखे”ट्दा अन्य ६ युवा हराइरहेको उहाँको भनाइ छ ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उ”जुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस

 

 

यो पनि पद्नुहोस

म्युनिख : जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा वायर्नले आइट्राच फ्रान्कफर्टलाई ५-२ गोलले पराजित गर्‍यो। घरेलु मैदानमा वायर्नलाई सहज जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबट लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे। वायर्नले थप एक गोल आत्मघाती रूपमा उपहार पाएको थियो। फ्रान्कफर्टका लागि दुवै गोल गरेका मार्टिन हिन्टरगरले नै वायर्नलाई आत्मघाती गोलको उपहार दिएका थिए।

खेलको १७औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा मुलरले गोल गर्दा पहिलो हाफमा घरेलु टोली २-० ले अघि बढेको थियो। दोस्रो हाफमा दुवै टोलीबाट गोलको वर्षा हुँदा खेल निकै रोमाञ्चक बनेको थियो। खेलको ४६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए। ५२औं मिनेटमा मार्टिनले फ्रान्कफर्टका लागि सुरुआती गोल गरेका थिए। त्यसको तीन मिनेटपछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्कफर्टले वायर्नलाई दबाबमा राखेको थियो।

खेलको ६१औं मिनेटमा डेभिसले गोल गरेपछि शीर्ष स्थानको वायर्न ४-२ ले अघि बढेकोे थियो। त्यसपछि खेलको ७४औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५-२ ले विजयी भयो।

कोरोना भाइरसको महामारीका कारण स्थगित लिग सुचारु भएपछि वायर्नको यो लगातार दोस्रो जित हो। यसअघि वायर्नलेले युनियन बर्लिनलाई २-० गोलले पराजित गरेको थियो।

जितसँगै वायर्नले लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ। वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ। दोस्रो स्थानको बोरुसिया डटमन्डको ५७ अंक छ। फ्रान्कफर्ट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ।

शनिबार राति नै भएका अर्को खेलमा डटमन्डले वुल्फवर्गलाई २-० गोलले पराजित गर्दै बुन्डेस लिग जित्ने अभियानलाई कायमै राखेको छ।

अन्य खेलमा वायर लिभरकुसेनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-१ गोलले पराजित गर्‍यो। वेडर ब्रेमेनले फ्रेइवर्गलाई १-० गोलले पराजित गर्दा होफेनहाइम र पाडेरवर्नले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Related Articles

Back to top button
Close