News

छाती दुख्ने, वान्ता हुने समस्या भएका एक पुरुषको चितवन अस्पतालमा निधन चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको सोमबार बिहान निधन भएको छ। छाती दुख्ने, वान्ता हुने लक्षण …

चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको सोमबार बिहान निधन भएको छ। छाती दुख्ने, वान्ता हुने लक्षण भएका उनलाई अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । नवलपरासी रामग्राम ५ का ४८ वर्षका पुरुषलाई लुम्बिनी अञ्चल अस्पतालले चितवन अस्पताल रेफर गरेको थियो । उनलाई गएको राति १२ गते देखि आइसियुमा उपचार गरिएको थियो ।राती आइसियुमा भर्ना गरिएका उनको सोमवार विहान निधन भएको अस्पतालले पुष्टि गरेको छ । तर उनको कोरोना पुष्टि भने भएको छैन । निधन पछि स्वाव संकलन गरेर ल्याव पठाएको भएपनि रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।‘उहाँलाई राति १२ बजेदेखि आईसीयूमा राखिएको थियो,’ अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले सो कुराको पुष्टि गरेका हुन् । स्वावको रिपोर्ट नआउँदा सम्म उनको निधनको कारण भन्न नसकिने बताएका छन् । त्यसको निश्चित गर्न रिपोर्टको पर्खाइमा आफुहरु रहेको उनको भनाई छ ।

Post navigation

 

 

 

यो पनि पद्नुहोस

१२ जेठ, जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका -७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर -७ निवासी १६ वर्षीय राजन यादव रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।प्रहरीले घटनामा लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो ।

चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।

सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ ।

सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।

Post navigation
Prev Post

Related Articles

Back to top button
Close