News

दुनियाँकै मन जितेका बरिष्ठ डाक्टर पाण्डेको कोरोनाबाट मृ’ त्यु, श्रीमतीपनि पोजेटिभ

काठमाडौं । विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) ले दुनियाँकै मन जितेको विश्वप्रख्यात भारत दिल्लीका वरिष्ठ डाक्टर जितेन्द्र नाथ पाण्डेको ज्यान लिएको छ । उनको शनिबार कोरोना भाइरसको संक्रमणको कारण निधन भयो । समाचार एजेन्सी पीटीआईका अनुसार ७९ वर्षीय जितेन्द्र नाथ पाण्डे दिल्लीको एम्सको पल्मोनोलजी विभागका निर्देशक र प्रख्यात डाक्टर थिए ।

एम्सका निर्देशक डा. रणदीप गुलेरियाले बताए अनुसार डा. पाण्डे र उनकी श्रीमतीको कोरोना टेस्ट मंगलवार पाजेटिभ आएको थियो । उनमा संक्रमणका हल्का लक्षणहरू देखिएका थिए । लक्षण देखिएपछि उनले घरमा एक्लै बस्ने निर्णय गरे । डा. गुलेरियाले भने, ‘विद्या र विनय सँगै बस्न सक्छन ।
डा. पाण्डे यसको एक उदाहरण थिए । उनी एमिसबीएसको विद्यार्थीको रूपमा एम्समा आएर मेडिसिन विभागको अध्यक्षको रूपमा सेवानिवृत्त भए ।’ उनको निधन ले दिल्लीलाई ठुलो धक्का लागेको बताइएको छ ।

नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएसँगै कोरोना भाइरस जित्नेकाे संख्या १०५
काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमित १०५ जना निको भएर घर फर्कैका छन् । आइतबार राति वीरगञ्जको नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १०५ पुगेको हो ।
आइतबार डिस्चार्ज हुने १८ जना सबै एकै परिवारको रहेको बताइएको छ । उनहहरु गत बैशाख २१ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर मदन उपाध्यायले भन्नुभयो- ‘आइतबार एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ, उहाँहरुको २ पट नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरेका हौँ ।’ डिस्चार्ज हुनेमा ७ जना महिला रहेका छन् भने ११ जना पुरुस रहेका छन् ।

Related Articles

Back to top button
Close