News

रुसमा एकै दिनमा नौ हजार संक्रमित थपिए

रुस : रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति संक्रमित भएका छन्। योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन्।

त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

संक्रमितहरुको सङ्ख्याको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमाभन्दा कम रहेको उनीहरुले बताएका छन्।

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन्। उनीहरुले संक्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउनेगरेका छन्।

Related Articles

Back to top button
Close