News

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाईते

धनगढी : कैलालीमा एम्बुलेन्स दुर्घटनामा हुँदा दुईजना घाईते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका ८ स्याउले बजार नजिकै पूर्वबाट पश्चिम आउदै गरेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९० नम्बरको एम्बुलेन्सले रोकीराखेको ट्याक्टरलाई ठक्कर दिदा एम्बुलेन्स चालक र एक जना सवार घाईते भएका हुन्।

एम्बुलेन्स चालक कञ्चनपुरको पुर्नवास नगरपालिकाका ४८ बर्षिय रामबहादुर थापाको टाउकोमा चोट लागेको र एम्बुलेन्समा सवार रघुनाथ ओझाको खुट्टामा चोट लागेकोमा उनिहरुको पद्यमा अस्पताल अत्तरीयामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार विरामी नेपालगञ्ज पु¥याएर आउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।

Related Articles

Back to top button
Close