News

काठमाडौंमा १५ वर्षीय बालकले गरे आत्महत्या, जलाउनै लाग्दा शव प्रहरी नियन्त्रणमा

 

काठमाडौं, १३ जेठ । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घटनाको थप अनुसन्धान हुँदैछ ।”

मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् ।

आत्महत्या गर्नुअघि उनले सोही कोेठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।

 

 

 

जनकपुरधाम : जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुषलाई सर्लाहीबाट पक्राउ गरिएको छ। शनिबार राति फरार भएका संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

आइतबार राति अस्पतालको झ्याल फोडेर भागेका ४५ वर्षीयसंक्रमित पुरुष खोजबिनका क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन् । उनलाई पक्राउ गरी सर्लाहीबाट फेरी उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । ती संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ।

मानसिक रोगी समेत रहेका ती उनी आइसोलेशनको झयालबा भागेर पैदलै घर पुगेका प्रहरीले जनाएको छ। यसअघि पनि उनलाई पीसीआर परीक्षण गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले नियन्त्रणमा लिइ पुनः आइसोलेसनमा ल्याएको थियो । उनले अस्पतालल भर्ना भएदेखि आइसोलेसनमा अनियन्त्रित व्यवहार गर्दै आएका थिए ।

Related Articles

Back to top button
Close