News

प्रेम गरेकै कारण नवराजको ज्यान गुमेपछि, प्रकाश सपुतले लेखे यस्तो भावुक स्टाटस

जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएकै कारण उनको ज्यान गयो। कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनी र उनका साथी उनलाई भगाउन गाउँ जाँदा हत्या भएको थियो। नवराजसंगै उनका दुई साथीको हत्या भएको थियो। उनको यो निर्माम हत्याको सामाजिक संजालमा यतिबेला चर्को बिरोध भैरहेको छ। बिभिन्न सेलिब्रेटीले पनि यसको बिरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्।
लोकगायक तथा कलाकार प्रकाश सपूतले यो जन्ममा आफु मानिस भएर बाच्न पाउने कि नपाउने भन्दै प्रश्न गरेका छन्। प्रकाश लेख्छन्:

सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?

( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।
हार्दिक श्रद्धांजलि ????
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन ! “

Related Articles

Back to top button
Close