News

रुकुम घ’टनाबारे आजको सिधाकुरा कार्यक्रममा विशेष रिपोर्ट प्रस्तुत हुने,

काठमाडौ,रुकुममा भएको घटना बारे आजको सिधाकुरा जनता सङ्ग कार्यक्रममा विशेष रिपोर्ट प्रस्तुत हुने कुरा रबि लामिछानेले फेसबुक मार्फत घोषणा गरेका छन।

रुकुमका एक दलित युबा र एक युवती बिचको प्रेममा जातीयता कै कारण दु:खद घटना हुन गएको भन्दै सामाजिक सन्जालमा चर्को आलोचना भै रहेको छ। यसै घटनालाइ विशेष स्थान दिएर ती अ परा’धी विरुद्ध आवाज उठाउन आजको एपिसोडमा यो घटनाले स्थान पाउने भएको हो।

रबि लामिछानेले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन,
जातीय वि’भेदको धरातलीय यथार्थको एउटा कु’रुप तस्बिर हो रुकुमको घ’टना।बिना कारण होनहार अमुल्य जीवनहरु गुमे।यो क्रूर अपराधको जति निन्दा गरेपनि कम हुन्छ।दो’षीहरु माथी हदै सम्मको कार्वाही होस्। महापा’पीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं।घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन्।घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं।

Related Articles

Back to top button
Close