News

“जब सम्म भारतले नेपालको भूमि फिर्ता गर्दैन ,तबसम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक ” – केपी ओली

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विज्ञप्ति जाहिर गर्दै “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन , तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।

“भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई , नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।

प्रधानमन्त्री ओलीले ” लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ ” भनी भारतलाई कडा चेतावनी दिएको छन्न ।

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्सन भई नै रहेको छ ।खबर बुलेटिन बाट

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, १३ जेठ | प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

प्रहरीको अनुसार उनि लामो समय देखि बे्रन ट्युमरको समस्याबाट पीडित थिईन | शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताउनुभयो ।

मृतक महिला उहाको श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए ।

परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भन्नुभयो, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।

Related Articles

Back to top button
Close