News

कोरोना रिपोर्ट नेगेटिभ आएको महिलाको क्‍वारेन्टाइनमै मृत्यु

प्यूठान : क्वारेन्टाइनमा बसेकी एक महिलाको प्यूठानमा मृत्यु भएको छ । ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार निधन भएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

मृतक महिलाको स्थायी घर मल्लरानी गाउँपालिका ४ हो । माइतीघर बिजुलीमा आएको बेला उनलाई क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।

उनी एक साताअघि भारतबाट घर आएकी थिइन् । भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमानसहित पाँचजनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

Related Articles

Back to top button
Close