News

रुकुम घटनाका घाइते भन्छन्– चारैतिरबाट घेरा हालेर कुट्दै भेरीमा धकेले’, बचाऊबचाऊ भन्दा पनि सुनेनन् !

जाजरकोट — भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको स’मूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए।’

नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डु’म किन आयो, अस्तिको चो’टले पुगेनछ’ भन्दै गा’लीगलौज गर्न थालिन् । ‘ठूल्ठूलो स्वरमा गा’ली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो।

खड्काका अनुसार त्यहाँ रहेका अ’परिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अ’लमल्याए । यो व्यबहार ष’ड्यन्त्र हुनसक्ने आ’कलनसहित टो’ली ह’तारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै ए’क्कासी ५०/६० जनाको स’मूह आएर ढुं’गामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जो’गाउन भा’ग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चि’रपटले हान्न थाले,’ उनले कहालीलाग्लो क्ष’ण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’युवाको स’मूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आ’क्रमणको ता’रो उनै बने।

सोती गाउँ देखि आधा घण्टा टाढाको भेरी नदीसम्म ल’खेटेर नवराजको ह’त्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको स’मूहलाई भेरी किनारतर्फ बाहेक अ’न्यत्र जान नपाउने गरी घेरा हा’लेका थिए । ‘हामीलाई बचाउनुस्, मा’फ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’ उनले भने, ‘भूईँमा ल’डाएर अ’न्धाधुन्द कु’ट्न थाले ।’ त्यसपछि को साथी नदीमा हा’म फा’ले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।ज्यान जोगाउन भेरीमा हा’म फा’लेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चि’रपटले प्र’हार गरेका उनको भनाइ छ ।

अर्का युवा सरोज भँडेलले पनि कु’टपिटबाट बच्न भेरीमा हा’म फा’लेको बताए । नदी पार गरेपछि युवाहरुले थप कु’टपिट गरेपछि प्रहरीले पक्राउ गरेर लिएको उनले बताए ।घ’टना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टो’ली पनि पुगेको थियो । तर, ‘ब’चाऊ बचाऊ’ भन्दै गु’हार्दा पनि वास्ता नगरेका पी’डित युवाले बताए । प्रहरीले सिटी बजाउँदै मान्छेलाई ध’पाएजस्तो गरेको खड्काले बताए । उनले यस्तो अवस्थामा ‘मरे पनि म’रिन्छ’ भन्दै नदीमा हा’म फा’लेको बताए । उनी पौडी खेलेर वारि (जाजरकोट) पट्टि पुगे पनि आ’क्रमणबाट ब’चेनन् ।

‘गाउँका केटाहरुले यतै आएर कु’टपिट गरे,’ उनले भने, ‘त्यसपछि प्रहरी आएर मलाई लगेर गयो ।’ चौरजहारी अस्पतालमा दुई दिन उपचार गरेपछि सोमबार घर फर्किएको उनले बताए ।य’तिविघ्न भइसक्दा साँझको करिब ६ बजेको थियो । ज्यान जो’गाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो । टोलीमा सहभागी युवा शाह अन्य ६ जनालाई गाउँलेले कु’टपिट गर्दै ग’म्भीर घा’इते बनाएर भेरीमा ध’केलेको बताउँछन् । ‘बे’होस हुने गरी कु’टिएपछि साथीहरुले नदीमा पौडी खेल्न सक्ने कुरा पनि भएन,’ उनले भने, ‘त्यसपछि उनीहरुको हा’लत के भयो भन्ने त सबैले अनुमान लगाउन सक्छ।’कान्तिपुरबाट।

यो पनि पद्नुहोस

 

 

 

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुक ६४ दिन देखि लकडाउनमा छ ।

सीमा नाका बन्द भए पनि मजदुरीका लागि भारत गएका नागरिकहरु आउने क्रम ह्वात्तै बढेको छ । पछिल्लो एक सातामा पाँच हजार बढी नागरिकहरु दैलेख भित्रिएका छन् । यो संख्या लकडाउनपछि नाकाबाट भित्त्र्याइएको सबै भन्दा बढी हो ।

भारतको विभिन्न क्षेत्रबाट जमुनाहा नाका हुँदै आउने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय दैलेखले झण्डै ४२ हजार नागरिकहरु भारतबाट दैलेख आउने प्रक्षेपण गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार दैनिक २ हजारको हाराहारीमा नागरिकहरु भित्रिरहेका छन् । स्थानीय तहहरुले स्थानीय रुपमा उपलब्ध सिमित विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेका छन् । बढ्दो नागरिको चापका कारण क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ झेलिरहेका स्थानीय सरकारका लागि यो नयाँ चुनौती हो ।

दैलेखका चार स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । आठै जना भारतबाट आएका हुन् । संक्रमितमध्ये एक जना सुर्खेत स्थित कोरोना विशेष अस्पताल र अन्य सात जनालाई दैलेख सदरमुकाम स्थित सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ । जिल्लाभर ४० बेडको आइसोलेसन निर्माण गरिएको छ । झण्डै दुई हजार एक सय जना मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकामा ठूलो सास्ती खेपेर जन्मथलो आएकाहरु क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएको बताएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रगोल हुँदा एउटै कोठामा ३० जनासम्म कोच्चिएर बसिरहेका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउने देखि खानपिनको पनि समस्या छ ।

विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले भारतबाट फर्किएकाहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरिएको बताउँछन् । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्ंयम अनुशासित भएर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

किट नै सकियो

भारतबाट फर्किनेको सँख्या बढे पनि आरडीटी किट र पीसीआर परीक्षणका लाग भीटीएम अभाव हुँदा परीक्षणमा समस्या देखिएको छ । दैनिकजसो एक हजार नागरिकहरु दैलेख भित्रिएपछि परीक्षण किट अभाव भएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार ३० वटा आरडीटी र एक सय ६० वटा भीटीएम किट मात्र मौज्दात छ । यी किट शंकास्पद्को परीक्षणका लागि राखिएको उनले बताए ।

‘किट अभाव हुँदा भारतबाट फर्किनेहरुको कसरी परीक्षण कसरी गर्ने भन्ने अन्यौलता सृजना भएको छ । दैलेखमा १०÷१० हजार आरडीटी किट र भिटिएम आवश्यक देखिएको छ,’ रेग्मीले भने । साथै थप किटका लागि प्रदेश र संङ्घीय सरकारसँग माग गरिएको उनले बताए ।

Related Articles

Back to top button
Close