News

अमेरिकाले कब्जा गर्‍यो जर्मनी लैजान ठिक्क पारिएका २ लाख मास्क

चैत २२, काठमाडौं

थाइल्याण्डबाट जर्मनी लैजान ठिक्क पारिएको दुई लाख थान मास्क अमेरिकाले कब्जा गरेको आरोप जर्मनीले लगाएको छ । बर्लिन प्रहरीको प्रयोगका लागि अमेरिकामा बनेको एफपीपी टू मास्क थाइल्याण्डको बैंककबाट जर्मनी पठाइन लागेका बेला अमेरिकाको कब्जामा परेकोबीबीसीले जनाएको छ ।

बर्लिनका आन्तरिक मामलामन्त्री आन्दे्रयास गिजेललले आफ्नो मुलकका लागि खरिद गरिएको मास्क गन्तव्यमा आई नपुगेको बीबीसीलाई बताएका छन् ।
यस्तै फ्रान्सले पनि स्वास्थ्य सामग्री खरिदमा कब्जा जमाउने अमेरिकी शैलीले आफूहरुलाई समस्या परेको जनाएको छ ।

ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए।

Related Articles

Back to top button
Close