News

थप २१ जनाले कोरानालाई जितेर खुशी हुँदै घर कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं- मंगलबार थप २१ जना निको भएर घर फर्केका छन् । यो सँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १७६ पुगेको छ। नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेर घर फर्केका हुन् ।

उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको बताइएको छ । ४ महिलासहित २१ जनाले कोरोना जितेपछि खुशी हुँदै घर फर्केको बताइएको छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएका छन् भने चार जनको ज्यान गइसकेको छ ।

Related Articles

Back to top button
Close