News

हावाहुरी टिनको छाना भएको घर भत्काउदा ७१ वर्षीया धनमाया घाइते

काठमाडौं, १३ जेठ-मोरङ, पथरीशनिश्चरे नगरपालिका(६ बस्ने वीरबहादुर तामाङको टिनको छाना भएको घर सोमबार राति हावाहुरीले भत्काउँदा उनकी श्रीमती ७१ वर्षीया धनमाया तामाङ घाइते भएकी छन् । घाइतेलाई उपचारको लागि आम्दा अस्पताल दमकतर्फ लगिएको र अवस्था मध्यम रहेको छ ।

हावाहुरीबाट करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।सर्लाही, चन्द्रनगर गाउँपालिका(१ रत्ननगर बस्ने उपेन्द्र बैठा र सोही ठाउँ वृत्त टोल बस्ने ससुल मिकरानिको कच्ची घर सोमबार राति हावाहुरीको कारण भत्किँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक उद्दार एवं अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close