News

कोरेनाका सबै बिरामी निको भएर घर फर्केपछि अस्पताल खाली

वीरगञ्ज । वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुमध्ये २१ जना मंगलबार राति डिस्चार्ज भएका छन् ।कोरोनालाई जितेर डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् ।

गण्डक अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमितहरुमध्ये २१ जना पूर्ण रुपमा निको भएपछि मंगलबार राति करिब १० बजे सम्पूर्ण कागजात पूरा गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा। उदयनारायण सिंहले जानकारी दिए ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट १ सय २ जनामा कोरोना संक्रमितहरु उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुँदै आएको थियो, तर गत सातादेखि गण्डक अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार शुरु गरिएको थियो ।

नारायणी अस्पतालले कोरोना संक्रमितहरुलाई थेग्न नसकेपछि ३० जनालाई गण्डक अस्पतालमा राखेर उपचार शुरु गरेको थियो, भने बाँकी ७२ जनालाई नारायणी अस्पतालमै उपचार भइरहेको थियो ।

नारायणी अस्पतालमा उपचाररत ७२ जना संक्रमितहरुमध्ये शनिबार ९ जना तथा सोमबार ६३ जना गरी सम्पूर्ण संक्रमितहरुलाई डिस्चार्ज भइसकेका छन् । अहिले उकत अस्पतालमा एक जना पनि कोरोनाका बिरामी नभएपछि अस्पताल खाली भएको छ ।यता गण्डक अस्पतालमा भने उपचाररत ३० जना संक्रमितहरुमध्ये मंगलबार राति २१ जना डिस्चार्ज भएका हुन् । अहिले बाँकी ९ जना संक्रमितहरुको गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close