News

फेरि आयो दुःखद् खबर,भक्तपुरमा आफ्नै आमाद्धारा चार दिनको शिशुको हत्या

भक्तपुर । भक्तपुरमा एक आमाले आफ्नै शिसुको हत्या गरेकी छिन् । महानगरीय प्रहरी बृत्त जगातीका अनुसार, उदयपुर घर भई भक्तपुरको सूयविनायक नगरपालिका– ६, घलाते बस्ने २२ वर्षकी रमिला राईले चार दिनकी शिशुको हत्या गरेकी हुन् । उनले पाल्न नसक्ने अवस्था आएको भन्दै चार दिनकी शिसुको मुखमा कपडा कोचेर हत्या गरेकी हुन् ।

काखमा २१ महिनाकी छोरी थिइ्न । पेटमा अर्को शिशु हुर्कर्दै गरेका बेला संगै ढनालको काम गर्ने रमिला र मिलन मगरको भेट भयो । त्यसै क्रममा माया प्रेम बस्यो । केही दिन राम्रै भयो । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जिवनमा लकडाउन सूरु भएपछि समस्या आयो । लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए ।

स्थानीयले उनीबसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो । शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएर उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले जानकारी दिए ।

Related Articles

Back to top button
Close