News

ट्विटरले राख्यो ट्रम्पको ट्वीट्मा तथ्यजाँच गर्नुपर्ने सावधानी बीबीसी । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ…..

बीबीसी । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ।

ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए।

त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि ट्विटरले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो।

विस्मयाबोधक चिन्हकासाथ ती ट्वीट मुनि ‘हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्’ भन्दै निलो रङ्गमा लेखिएको छ।

त्यसले के हुन्छ ?

त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन्। ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो।

उसले त्यसबेला आफ्ना केही नीतिहरू अद्यावधिक समेत गरेको थियो जसमा गलत र झुक्याउने जानकारी दिने ट्वीटमा प्रयोगकर्तालाई सचेत गराउने लेबल थप्ने कुरा गरिएको थियो।

Related Articles

Back to top button
Close