News

हेटौँडामा गर्भवती महिलामा कोरोना पुष्टि

हेटौँडा, १४ जेठ । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना पुष्टि भएकी महिला गर्भवती भएको बुझिएको छ । हेटौडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उनमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहेको आइसोलेशन इन्चार्ज भोला चौलागाइँले जानकारी दिए । ति महिला गर्भवती रहेको बताइएको छ ।

गएको जेठ ९ गते कोरोनाको लक्षण देखा परेपछि स्वाव परिक्षणका लागि ल्याबमा दिइएको थियो । कोरोनाको लक्षण देखिने विरामी भएपछि उनी त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाइँले बताए ।

हेटौँडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ।

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्यायाएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ।

त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ।

Related Articles

Back to top button
Close