News

आज एकैदिन वडा अध्यक्ष सहित ३ जनाको मृ-त्यु

काठमाडौँ – कोरोना भाइरसको महामारीले त्रास फैलिरहेको बेलामा आज मात्रै ३ जनाको मृ-त्युको खबर सार्बजनिक भएको छ। मंगलबार मात्रै भारतको गुजरातबाट नेपाल फर्किएका सुर्खेतका २२ बर्षीय युबक अस्पतालमै मृ-त फेला परेका हुन्।

प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. के एन पौडेलले हिजो राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी अस्पतालमा मृ’त अवस्थामा फेला परेको बताए ।

मृ’त’कको आरडिटीसमेत परिक्षण समेत गरिएको थिएन ।

त्यसै गरि हिजोमात्रै भारतबाट फर्किएका अर्का एक ५५ बर्षीय पुरुषको मृ-त्यु भएको छ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको मृ-त्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

उनको बुधबार विहान मृ-त्यु भएको हो । मृ-त-कको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको अस्पतालले जनाएको छ ।

त्यसैगरि कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृ-त्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बे’हो’स भएका थिए ।

५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृ-त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो ।

Related Articles

Back to top button
Close