News

नेपालमा आक्रमक बन्दै कोरोना, संक्रमितको संख्या ८ सय ५० पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएको छ । बुधबार बारामा ८ जना, बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए।

बाँकी संक्रमित भने भारतबाट आएका हुन् । रौतहट, झापा र बाग्लुङका संक्रमित पनि भारतबाटै आएको खुलेको छ। उनीहरू सबै भारतबाट आएर जिल्लाका क्वारेन्टिनमा बसेका थिए।

योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ। संक्रमितमध्ये ४ जनाको निधन भैसकेको छ ।

यो पनि पद्नुहोस 
धनुषा, १४ जेठ । भारतवाट आएका एक युवाले सिमानामा ज्यान गुमाएका छन् । लकडाउनका कारण लामो दिन लगाएर सिमानामा आइपुगेका एक युवकको ज्यान गएपछि तनाव सिर्जना भएको छ । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज ९९बुधबार० बिहान जटही नाकामा निधन भएको हो । भारतले आफ्नो देशमा रहेका नेपाली नागरिकलाई विभिन्न सवारी साधन प्रयोग गरेर सिमानामा ल्याउर छोड्ने गरेको छ । उनलाई पनि भारतीय सुरक्षाकर्मीले भातरबाट ट्रकमा कोचेर सीमासम्म छोडेका थिए । धनुषा सहिद नगरपालिकाका स्थानियको सिमानामै ज्यान गएपछि स्थानिय विरोधमा उत्रिएका छन् ।

भारतीय सुरक्षाकर्मीले उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको थियो । ट्रकमा भोकै कोचिएर आएका ति युवक ट्कवाट झरेर चिउरा, चाउचाउ खाएका थिए । बुधबार बिहान चाउचाउ, चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको निधन भएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको उनीसंगै यात्रा गरेका अरुले बताएका छन् । अधिक भोकका कारण उनको निधन भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाई छ । भोकका कारण एक नेपालीले ज्यान गुमाउनु परेको भन्दै स्थानीय प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

ती युवकको शव अहिले नाकामै छ। निधन पछि उनको स्वाब लिने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन् । कोरोना परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रयोगशाला पठाइने उनले बताए। उनीसँगै भारतबाट आएका २ सयभन्दा बढी नेपालीलाई भने बस व्यवस्था गरी सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा पठाउन लागिएको छ

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६३ औं दिन हो । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको निधनसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । ६३औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।

८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् पछिल्लो समय ३ जना कोरोना भाइरस संक्रमितको निधन भएको छ भने संक्रमितको संख्या बढेर ६ सय नाघेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास बढेपनि नेपालमा कोरोना संक्रमित धमाधम निको हुँदै गएका छन् । आइतबारसम्म नेपालका कुल संक्रमित मध्ये १०५ जना निको भएर घर फर्किइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु पनि सबै सामान्य अवस्थामा उपचाररत छन् ।

आइतबार राति वीरगञ्जको नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएका छन् । १८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १०५ पुगेको हो । गत बैशाख २१ गते अस्पताल भर्ना भएका उनीहरु सबै एकै परिवारका रहेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर मदन उपाध्यायले भन्नुभयो- ‘आइतबार एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ, उहाँहरुको २ पट नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरेका हौ । डिस्चार्ज हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् ।योसँगै पर्सामा मात्रै निको हुनेको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

यो पनि पद्नुहोस

कैलाली । कञ्चनपुरमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनको गएराति करिब १२ बजे उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close