News

६ दिन देखि भोकै भारतबाट आए नेपाल टेक्न नपाउदै ज्यान गुमाए यी व्यक्ति

धनुषा, १४ जेठ । भारतवाट आएका एक युवाले सिमानामा ज्यान गुमाएका छन् । लकडाउनका कारण लामो दिन लगाएर सिमानामा आइपुगेका एक युवकको ज्यान गएपछि तनाव सिर्जना भएको छ । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज ९९बुधबार० बिहान जटही नाकामा निधन भएको हो । भारतले आफ्नो देशमा रहेका नेपाली नागरिकलाई विभिन्न सवारी साधन प्रयोग गरेर सिमानामा ल्याउर छोड्ने गरेको छ । उनलाई पनि भारतीय सुरक्षाकर्मीले भातरबाट ट्रकमा कोचेर सीमासम्म छोडेका थिए । धनुषा सहिद नगरपालिकाका स्थानियको सिमानामै ज्यान गएपछि स्थानिय विरोधमा उत्रिएका छन् ।

भारतीय सुरक्षाकर्मीले उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको थियो । ट्रकमा भोकै कोचिएर आएका ति युवक ट्कवाट झरेर चिउरा, चाउचाउ खाएका थिए । बुधबार बिहान चाउचाउ, चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको निधन भएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको उनीसंगै यात्रा गरेका अरुले बताएका छन् । अधिक भोकका कारण उनको निधन भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाई छ । भोकका कारण एक नेपालीले ज्यान गुमाउनु परेको भन्दै स्थानीय प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

ती युवकको शव अहिले नाकामै छ। निधन पछि उनको स्वाब लिने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन् । कोरोना परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रयोगशाला पठाइने उनले बताए। उनीसँगै भारतबाट आएका २ सयभन्दा बढी नेपालीलाई भने बस व्यवस्था गरी सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा पठाउन लागिएको छ

यो पनि पद्नुहोस
एजेन्सी – चीनका राष्ट्रपति शी जिनपिङले देशका सेनालाई तयार रहन निर्देशन दिएका छन्। राष्ट्रपति जिनपिङले देशका सेनालाई जस्तो सुकै अवस्थाको लागि पनि तयार रहन निर्देशन दिएका हुन्।

राष्ट्रपति जिनपिङले पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा यस्तो निर्देशन बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतसँग तनाव शिर्जना भएको अवस्थामा राष्ट्रपति जिनपिङले दिएको यस्तो निर्देशनलाई महत्वका साथ हेरिएको छ।

चिनियाँ संचार माध्यमहरुका अनुसार राष्ट्रपति जिनपिङले राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नको लागि तयार रहन निर्देशन दिएका छन्। सबैभन्दा खराब स्थितीको कल्पना गरेर आफ्नो तयारी र प्रशिक्षणलाई तिब्रता दिन उनको निर्देशन रहेको बताइएको छ।

लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा चीनले सैन्य उपस्थिति बढाएको छ। भारतसँगको बढ्दो तनाबका बीच चीनले त्यस क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो। चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्प खडा गरिसकेको बताइएको छ।

यस्तै त्यस क्षेत्रमा भारतले पनि सैन्य क्षमता बढाउने भएको छ। शुक्रवार लेह पुगेका भारतीय सैन्य प्रमुख जनरल मनोज मुकुन्द नरवणे त्यस क्षेत्रमा सैन्य क्षमता बढाउने निर्देशन दिएका हुन्।

बिगत महिना देखि लद्दाख क्षेत्रमा चीन र भारत बीच तनाव बढ्दै गएको छ। एक महिनाको अन्तरालमा मात्रै त्यहाँ दुई देशका सेना बीच ३ पटक झडप भइसकेको छ।

Related Articles

Back to top button
Close