Video

भर्खरै भारतीय सीमाभित्र छिर्यो चिनियाँ सेनाको हेलिकप्टर, चीन-भारत सीमामा त नावग्रस्त (भिडियो हेर्नुहोस)।

काठमाडौं- गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लगानी ३.४ प्रतिशतले खुम्चियो। लगानी मात्रै होइन,कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा बचत पनि घटेको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ बचत २.४ प्रतिशत बिन्दुले घटेर १८.१ प्रतिशतमा आइपुग्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ। अहिले अर्थतन्त्रको स्थापित चक्र ध्वस्त हुँदा त्यसले बचत र लगानी दुवै प्रभावित हुन थालेको हो। तीव्र आर्थिक विकासको लक्ष्य लिएर अघि बढ्न खोजेको सरकारमाथि त्यसको प्रमुख साधन अर्थात् लगानी कहाँबाट जुटाउने भन्ने दबाब परेको छ। बचत र लगानी दुवै घट्नुको अर्थ हो- देशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा धक्का।

लगातार तीन वर्ष उच्च आर्थिक वृद्धिदर हासिल गरेको मुलुकको आर्थिक वृद्धिदर चालु वर्षमा २.३ प्रतिशतमा सीमित हुने देखिएको छ। यसले आम्दानी बढाइरहेको मान्छेको आम्दानी घट्न गयो।‘देशभित्रै आम्दानी घट्यो र भएको आम्दानी पनि उपभोगमा खर्च हुँदा त्यसले बचत कमजोर बनायो,’अर्थशास्त्री केशव आचार्य भन्छन्।

चालु वर्षमा सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेन। निजी क्षेत्रतर्फको लगानी पनि बढ्न नसक्दा त्यसले लगानी घटेको आचार्यको भनाइ छ। ‘कानुनी परिवर्तन भए पनि लगानीकर्ता आकर्षित हुन सकेनन्,लगानी बढ्न नसक्नुको कारण यही हो,’उनले भने,‘अहिले पनि मानिसहरु उद्योग चलाउन भन्दा व्यापार गर्न सहज देखिरहेका छन्।’

अहिले लगानी र बचत दुवै संकुचित हुँदा त्यसले आगामी आर्थिक वर्षमा समेत कुल गार्हस्थ उत्पादनको वृद्धिदर प्रभावित पार्न सक्ने अर्थशास्त्रीहरुको आकलन छ। भएको रोजगारी गुम्ने, को रोना सं कटका कारण उद्योगधन्दा लामो समयसम्म बन्द हुने र उत्पादन वृद्धि गर्ने क्षेत्रमा सरकारको लगानी नबढ्ने अवस्था आउँदा त्यसले आर्थिक कृयाकलाप नै ठप्प हुने र पैसा चलायमान हुन नसक्ने उनीहरुको बुझाइ छ।अर्थ मन्त्रालयका पूर्वसचिव डा शान्तराज सुवेदी अहिले बचत घट्नुको प्रभाव अझै केही समयसम्म पर्न सक्ने बताउँछन्।‘अहिले धेरै मान्छेका आयस्रोत घटेका छन्, रोजगारी गुमेका कारण यो अवस्था आएको हो,’उनले भने, ‘यसको प्रभाव अझै कति समयसम्म पर्न सक्छ यकिन छैन,तत्कालीन असर देखियो,दीर्घकालसम्म प्रभाव पर्न सक्छ।’
भर्खरै भारतीय सीमाभित्र छिर्यो चिनियाँ सेनाको हेलिकप्टर,चीन-भारत सीमामा त नावग्रस्त भिडियो हेर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने निर्णय लिएको सचिवालय प्रमुख धु्रवबहादुर प्रधान तथा भाष्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार सम्पन्न सर्वदलीय वैठकमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले छलफलमा सहभागी हुँदै भने, ‘छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम भएको छ । राप्रपा यो उचित र सह्रानीय कार्यको पक्षमा छ ।’

नेपालको अभिवाज्य भूमि फिर्ता लिन र भोगचलनमा ल्याउन तत्कालै द्विपक्षीय वार्ता सम्पन्न गर्नु पर्नेमा राणाले जोड दिए । ‘आफ्नो भूमि फिर्ता लिने क्रममा भएको नक्सा निर्माणबारे दुइमत छैन । यसमा प्रधानमन्त्री र सरकार धन्यवादका पात्र छन् । तर कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नक्सा जारी गरेर मात्र नेपाली भूमि फिर्ता आउने होइन । भोगचलनको तहमा जान नेपाल र भारतबीच द्विपक्षीय वार्ता जरूरी छ । तर हालसम्म यस दिशामा प्रभावकारी पहल भएको देखिन्न ।’

राप्रपा अध्यक्ष राणाले भने, ‘कुटनीतिक प्रयास फितलो भएको हो कि ? कमी कमजोरी के हो ? सरकारले यसमा पूर्ण ध्यानकेन्द्रीत गरेर यथाशिघ्र द्विपक्षीय वार्ताको तिथि मिति निश्चित गर्न जरूरी भएको छ । नक्सा बमोजिम नेपालको सार्वभौम भूमि फिर्ता लिनु पर्छ भन्ने जनमत छ, राष्ट्रिय आवश्यक्ता र चाहना पनि यही हो । यसकारण वार्तामा विलम्ब नगरौं ।’

राणाले नक्सा निर्माणको सुरूबाटै सर्वदलीय प्रयास अघि बढाएको भए उपयुक्त हुने धारणा प्रस्तुत गरे । ‘सर्वदलीय वैठक आह्वान भएको छ । निश्चित रूपमा सरकारको आफ्नै तयारी छ नै होला । यद्यपि अभिवाज्य भूमि संलग्न गरेर नक्सा निर्माण गर्ने क्रमको प्रारम्भबाटै सर्वदलीय प्रयास भएको भए, अरू दल सबैले सरकारको सकारात्मक प्रयासमा बल दिने, योगदान गर्ने अवसर प्राप्त हुन्थ्यो,’ उनले भने । ‘राष्ट्रिय मुद्दा राष्ट्रिय रूपमै सम्बोधन गरौं, सर्वदलीय प्रयासलाई जारी राखौं ।’

Related Articles

Back to top button
Close