Video

नवराज विकको भेरी नदी किनारामा यसरी भयो अ’न्त्येष्टि, सुष्मा गर्भ गर्भवती भएको …. [ पुरा भिडिओ हेर्नुहोस ]


जाजरकोट । अन्तरजातीय प्रेम विवाहका लागि ज्यान गुमाएका जाजरकोटका नवराज विकसहित तीन जनाको आज सामूहिक अ’न्त्येष्टि भयो । गएको शनिबार विवाहका लागि रुकुम पश्चिमको सोती पुगेका नवराजसहित चार जनाको ह’त्या भएको थियो ।

दुई जनाको श’ब आइतबार, एक जनाको सोमबार र अर्का एक जनाको श’ब हिजो बुधबार भेटिएको थियो । अझै दुई जना बेपत्ता छन । रुकुम पश्चिम सोतीका स्थानीयको कु’टपि’टबाट मा’रिएका जाजरकोट रानागाउँका नवराजको बिहीबार भेरी नदी किनारामा अन्त्ये’ष्टि गरिएको हो ।

लोकेन्द्रको श’ब हिजो मात्रै भेटिएको थियो । घट’नामा अझै दुई जना बेप’त्ता छन । बेप’त्ता गोविन्द शाही र सन्जय विकको खो’जी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगारी जाजरकोटमा प्रेमीका लिन गएका नवराजको गाउँलेको लखेटाईवाट निधन भयो । नवराजको आमाले युवतीको पेटमा आफ्नो छोराको बच्चा रहेको दावी गरेकी छन् । उनले छोरा र ति युवतीको कुरा फोनमा भएको सुनेको र त्यतीवेला युवतीले मेरो पेटमा बच्चा छ, आमा बुवाले अन्तै विवाह गरिदिन लागे लिन आउ भनेर भनेको सुनेको नवराजको आमाको दावी छ । उनले ति युवतीको पेटमा सांच्चै बच्चा छ भने त्यो आफुलाई चाहिने बताइन् ।

उनले भनिन्, राति १० वजे मेरो छोरालाई फोन आएको थियो, छोराले लाउड स्पिकर अन गरेको थियो । म शौचालय जान लागेको बेलामा त्यसो भनेको सुने । साँच्चै उनको पेटमा मेरो छोराको सन्तान छ भने मलाई चाहिन्छ । छोरा वा छोरी जे भएपनि मलाई मेरो छोराको नासो चाहिन्छ । उनले आफ्नो छोरा र साथीहरुको यस्तो अवस्था बनाउनेहरुलाई भने कारवाहीको माग गरेकी छन् ।

उनले ति युवती यस अघि २ पटक बस्न आएको बताइन् । मेरै छोरीको उमेरकी केटीलाई देखेपछि मैले को हो किन आएको हो भनेर सोध्दा युवतीले नै म हजुरको छोराको प्रेमीका हो भनेर भनेको उनले दावी गरिन् । उनले ८ वर्ष पछि आफुहरुले विवाह गर्ने योजना बनाएको पनि उनले बताएकी थिइन् । उनले त्यस पछि पनि युवतीको भाई एक साता आफ्नो घरमा आएर बसेको पनि उनले बताइन् । उनले शुष्माले आफै बोलाएर बिच वाटोमा पुग्दा शुष्माको फोन अफ भएको पनि बताइन् । उनले बारम्बार आफ्नो छोरी नवराजको घरमा आउँदा खोजी नगरेको र भाई आएर एक साता बस्ता पनि नखोजेको बताइन् ।

युवती र युवतीको भाई समेत आएर आफ्नो घरमा बसिसकेका कारण आफ्नो छोरा पनि दुई जना साथीलाई लिएर युवतीको घरमा जाँदा चैत महिनामा प्रहरी कहाँ बुझाएको आमाको भनाई छ । उनले आफुहरु आएर बस्न हुने तर मेरो छोरा जाँदा अपमान गरेर प्रहरीलाई बुझाए, त्यसैले म उनीहरुको विवाहको पक्षमा थिइन् । छोराले पनि त्यसरी साथी लिएर युवतीलाई लिन जाँदा आफुले थाहा नपाएको बताइन् । उनले अब आफनो एउटै इच्छा आफ्नो छोराको सन्तान चाहिने बताइन् । उनले ति युवती बुहारी बनेर आफ्नो घरमा आए आफुले स्वीकार गर्ने पनि बताइन् । त्यो आइ भने म राख्छु, मेरो छोराको माया हो , तर उ आफु आउन नचाहे पनि त्यो सन्तान राखिदेओस् । छोराको सन्तान मलाई चाहिन्छ उनले भनिन् ।

&यो पनि पद्नुहोस
;

धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए ।
‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

उपचारका क्रममा शुरुमा उनलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

Related Articles

Back to top button
Close