News

कोरोनाका कारण काठमाडौँ उपत्यकामा नै एक जनाको निधन, निधन हुनेको संख्या ५ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाका कारण काठमाडौँ उपत्यकाका एक जनाको मृत्यु भएको छ । बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा ललितपुरका एक ५९ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ ।

कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको स्रोतको दाबी छ ।

कोरोनाका कारण निधन भएको भएता पनि उनी लामो समयदेखि लिभरसम्बन्धी रोगबाट ग्रसित थिए ।

आज मृत्यु भएका पुरुष सहित नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ५ पुगेको छ ।

Related Articles

Back to top button
Close