Video

नवराज बिकको लास जाजरकोटमा यसरी अन्त्यष्टी गर्दै हेर्नुहोस (भिडियो हेर्नुस्)

 

 

 

 

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो । पुख्र्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आउनुभएको थियो ।

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उहाँलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।

 

उहाँका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै हुनुहुन्छ । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ

 

 

 

 

यो पनि पद्नुहोस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताएका छन् ।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन् । रासस

Related Articles

Back to top button
Close