Video

आफु ठुलै जातको हुँ भन्दै नवराजले केटीलाई फसाएको खुलासा, बे’पत्ता गोबिन्दको आमा र यी युवकले खोले यस्तो पोल (भिडियो)

 

काठमाडौं – बिगत २/३ दिन देखि सामाजिक संजालमा भाइरल भैरहेको रुकुम घ’ट’नाका सम्बन्धमा केही नयाँ कुरा खुल्दै आएका छन् । नवराज विकसंग उनको प्रेमिका भनिएकी युवतीलाई लिन संगै गएका उनका साथीले केही नयाँ कुरा खुलाएका छन् ।

त्यो दिन नवराज र ति युवतीको फोनमा कुरा भयो । फोनमा के कुरा भयो भन्ने ति साथीले थाहा त पाएनन् । तर नवराजले फोनमा कुरा सकिएपछि साथीलाई भने, वेहुली राजी भई ल लिन जाउँ भनेर भने । साथीले त्यती भनेपछि अरु साथीले केही पनि सोधेनन् ।गाउँवाट सुरुमा ६ जना युवतीको गाउँतिर हिँडे । भेरीको पुलमा पुगेपछि अरु १६ जना थपिए ।


 

त्यसपछि फेरी ३ जना थपिएपछि २१ जनाको टोली भएर युवतीको गाउँमा गए । यस अघि नवराजले युवतीलाई आफु कथित ठूलो जातको भनेर भनेको कुरा पनि ति साथीले खुलाएका छन् ।

सुरुमा आफुलाई अर्कै जातको भनेर युवतीलाई भनेको थियो । तर पछि कुरा खुेलेको हो । यस अघि पनि गाउँमा त्यसैगरी युवतीलाई लिन जाँदा स्थानियले प्रहरीकहाँ बुझाएका थिए । उनले भने, प्रहरीकहाँ बुझाउन लगेपछि नवराजले अब फेरी आउँदा अरुलाई पनि लिएर आउँछु र युवतीलाई उठाएर लैजान्छु भनेर चे’तावनी दिएका थिए ।

नवराजकै साथी भन्छन्, २१ जना भएर जाँदा त्यो गाउँका मानिसले त्यही चे’तावनी सम्झिएको हुनुपर्छ । उनीहरु युवतीको घर नजिकै पुगेपछि युवतीको आमाले तिमीहरु फेरी आयौ ? अस्तिनै प्रहरीकहाँ बुझाएको विर्सिसक्यौ भनेर भनेको उनले बताएका छन् । उनले त्यतीबेला जातिय अप’हेलना हुने शब्द पनि प्रयोग गरेको ति साथीले बताएका छन् । सञ्चार माध्यममा विभिन्न कुरा वाहिर आएका छन् ।

मिडियामा आएका केही कुरा भने वास्तविकता भन्दा बढी आएको पनि बताइएको छ । १८ वर्षको जवान छोराको पर्खाइमा रहेकी गोविन्द शाहीको आमाले निकै ठूलो पी’डा भोगेको बताएकी छन् । गोविन्द अहिले सम्म फेला परेका छैनन् ।

श्रीमानवाट पनि माया नपाएकी उनले छोराको मुख हेरेर बसेको बताइन् । उनले साथीहरु घरमा आउँदा पनि यस्तो लकडाउनको बेलामा कोही नआउ भन्ने गरेको बताइन् । उनले यस्तो हुन्छ भन्ने थाहा पाउने भए छोराको साथीालाई युवती तिर आशक्त हुन नदिने बताएकी छन् । एसइइ दिने तयारीमा रहेका उनका छोरा १२ वजे दिउसो काफल खान भनेर घरवाट निस्केको बताइन् । उनी पनि काममा गएकी थिइन् ।

 

 

 

 

यो पनि पद्नुहोस

युवती हत्या आशंकामा प्रहरी जवान नियन्त्रणमा

 

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टको एक कोठामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या आशकांमा डडेल्धुरामा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाउँ घर भएकी २१ वर्षीया निर्मला बोहरा बुधबार बिहान रिसोर्टमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको घरपरिवारको दावी छ।उनीसँगै रिसोर्ट पुगेका अजयमेरु २ को चमडा प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अनुसन्धानका लागि नियन्त्रमा लिएको हो ।

मृतक युवतीको हत्यामा संलग्न भएको आशंका गरिएका प्रहरी जवान रामदिन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक युवतीसँगै रिसोर्टमा बसेका प्रहरी जवानलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी जवानले सरकारी रातो रङको मोटोरसाइकल प्रयोग गरेका थिए । मृतकको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक विरेन्द्र बोहराले जानकारी दिए ।

उनी होटेलको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक बोहराका आफन्तले भने बोहराले आत्महत्या नगरेको भएर हत्या गरिएको आरोप लगाएका छन् । मृतक युवतीका आफन्त खडक बोहराले घटनाको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या गरेको जनाए ।

जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीले मंगलबार मृतक युवतीलाई फोन गरेर बेलुका बोलाएको आफन्त खडकले बताए ।

रिसोर्टमा बुधबार बिहान आएको भए पनि मृत भेटिएकी युवती मंगलबार साँझ नै घरबाट चौधरीसँग बिहे गर्ने भनेर भागेको आफन्तको भनाइ छ । मृतकका आफन्तले प्रहरी जवान चौधरीको नाममा ज्यान उद्योगमा मुद्दा दर्ता गर्ने बताएका छन् । बुधबार बिहान ७ बजेतिर रातो गुँरास रिसोर्टमा आएकी निर्मला दिउँसो मृत अवस्थामा भेटिएकी थिइन्।

उनले आफ्नो नाममा कोठा बुक गरेको खुल्न आएपनि उनी पुगेको केही समयमा एक केटा पनि कोठामा गएको रिसोर्टमा कार्यरत कर्मचारीले बताए। रिसोर्टमा आएर ती युवतीले मलाई फ्रेस हुनुछ मेरो मान्छे आइरहेकाले केही समय अराम गरी चमडा जाने भन्दै कोठा मागेको रिसोर्टका म्यानेजर विष्णु भट्टले जानकारी दिए ।

मृतक बोहरा प्रायजसो रिसोर्टमा आइरहने भएकाले चिनजान भएकै कारणले कोठा दिएको रिसोर्टले जनायो । निर्मलाले आफ्नै नाममा कोठा बुक गरेको देखिन्छ । उनी गएको १५ मिनेटपछि १ युवक सरकारी बाइकमा रिसोर्ट पुगि उनको कोठामा पसेको रिसोर्टका कामदारको भनाइ छ ।

युवक रिसोर्टमा आएपछि रिसोर्टका म्यानेजर विष्णु भट्टले बोहरालाई को हो ? भनेर सोध्दा मेरो ब्वाइफ्रेन्ड हो, म उसँग आज बिहे गर्छु भनेर निर्मलाले जवाफ दिएको बताए ।

करिब १२ बजेतिर खानाको अडर गर्न जाँदा कोठा खुल्ला रहेको र बाथरुममा युवती मृत अवस्थामा फेला परेकी थिइन् । उनीसँगैभित्र पसेका युवक भने कोठामा थिएनन्।

निर्मला कोठामै रहेको बाथरूममा पानी तताउन प्रयोग हुने मल्टीप्लगको तारले लुगा राख्ने ह्याङगरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । रिसोर्टका कर्मचारीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । निर्मला घरबाट आफ्ना सबै लुगा लिएर मंगलबार नै निस्केकी उनको घरपरिवारले बताएको छ।

नियन्त्रणमा लिएका प्रहरी चौधरी युवतीको आमासँग पनि फोनमा कुराकानी गर्ने गरेको खुल्न आएको छ ।डडेल्धुराका प्रहरी नाबय उपरीक्षक दधिराम न्यौपानेले मृतक युवतीको हत्यामा संलग्न जोकोही भए पनि कारवाही गरिने बताए । ‘घटनास्थलबाट मुचुल्का उठाएर ल्याइसकेका छौँ । अब शव पोष्टमार्टमपछि मात्रै घटनाबारे थाहा हुन्छ, ‘डिएसपी न्यौपानेले बताए ।

 

 

 

 

 

 

 

Related Articles

Back to top button
Close