News

श्रीमती र छोरी सुतिरहेको बेला आगो लगाएर फरार

२२ चैत, विराटनगर । सुनसरीमा श्रीमती र छोरी सुतिरहेको बेलामा आगो लगाएर श्रीमान फरार भएका छन् । बिहीबार राति आगो लगाएर श्रीमान सियाराम उराउ फरार भएका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका- ८ बस्दै आएका सियारामले ३५ वर्षीय श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।आगलागीबाट घाइते तीन जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको कमलकुमारीका भाइ रिट्ठे उराउले बताए।

उनका अनुसार सामान्य विवादमा बिहीबार राति आगलागी गराएर सियाराम फरार भएका हुन् । बिरामीको गाउलेले उद्धार गरेका थिए ।
माइती पक्षको उजुरी परेपछि सियारामको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिए।

Related Articles

Back to top button
Close