News

एकै दिन थप १७० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ।

जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १६५ पुरुष र ५ महिलामा कोरोना पुष्टि भएको हो । शुक्रबार कोरोना पुष्टि हुनेमा रौतहट राजपुरका ५६ , झापा कचनाकवलका २४, कपिलवुस्तु यशोधराका २३, कपिलवस्तु गौतमबुद्ध मावि क्वारेन्टीनमा बसेका १५, बाँके डुडुवाका १०, कपिलवस्तु विजयनगरका ९, सप्तरी राजविराज, पर्सा पोखरिया, कपिलवस्तु नगरपालिका, बारा र सर्लाही कौदिनहवा मलंगवाका ४–४, झापा तयारीभिट्टाका ३, नवलपरासी सुस्तापूर्व र दाङ गढवाका दुई–दुई, र झापा भद्रपुर, पर्सा जिराभवानी, म्याग्दी मालिका, रुपन्देही सैनामैना र लतिलपुरको पाटन अस्पतालमा रहेकी सर्लाहीकी एक–एक गरेर १७० जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। यो सँगै नेपालमा १६२ पुरुष र ४४ महिला गरेर कोरोना जित्नेको संख्या २०६ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।

यो पनि पद्नुहोस

सामाजिक सञ्जालमा अहिले नवराज विकको प्रेमीका भनिएकी युवती भन्दै एउटा अडियो सार्वजनिक भएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवतीको आमा भनेर सम्बोधन गरिएको छ । फोन गर्ने ब्यक्तिले तपाईको छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ । अनि नवराजको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरिएको छ । जसमा उनीहरुको प्रेम सम्बन्धका बारेमा प्रश्न गरेका छन् ।
उनले जवाफमा पहिलो आफ

 

संग संधै कुराकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फागुन देखि उ संग कुरा भएको थिएन । मलाई राम्रो लागेन त्यही भएर छोडेको हो । हिँजो पनि म संग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाएकी थिए, म घरमै टिभी हेरेर बसेकी थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए । तर मेरो उ संग पछिल्लो समय कुनै सम्बन्ध थिएन ति युवतीले फोनमा भनेको सुनिन्छ ।

उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीकार गरेकी छन् । छोटो कुराकानीमा उनले नवराजसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर यो अडियोका आधिकारीकता भने छैन । वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमिका भनेर दावी गरिएकी युवती अहिले प्रहरी हिरासतमा छन् । यो अडियो सुन्दा घटना भएको भोलीपल्टको हो भनेर बुझ्न सकिन्छ । किनकी युवतीले हिँजो भनेर बोलेकी छन् ।

सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी –११ का गोविन्द शाही अझै बे’पत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिए ।

यो पनि पद्नुहोस

 

काठमाडौँ । बहराइनमा कोरोना संक्रमित एक नेपालीले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका कोरोनाको संक्रमण देखिएर उपचार गराइरहेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका हुन् ।

‘एक कोरोना संक्रमित नेपाली युवाले झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘ तर, अहिलेसम्म घटनाबारे हामीलाई आधिकारिक रिपोर्ट प्राप्त भएको छैन । रिपोर्ट आएपछि मात्रै विस्तृतमा थाहा हुनेछ ।’

ती युबाले क्वारेन्टाइनको क्वारेन्टाइनको बाथरुममा झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी आएको उनले बताए ।

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोनाको पुष्टि भएको छ । राजदूत सुन्दासका अनुसार संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘संक्रमित हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘यहाँको उपचार पद्दती निकै राम्रो छ ।’

 

 

 

 

 

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो। लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो।

भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले सेतोपाटीलाई जानकारी दिए।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर गौतमले जानकारी दिए। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

भुमिकास्थान-९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ।

‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने। (*शीर्षक सम्पादन गरिएको) source setopati

Related Articles

Back to top button
Close