News

होटलमा युवतीले गरिन् आत्महत्या : दुई श्रीमतीका श्रीमानसँग थियो प्रेम सम्बन्ध

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका १ बसपार्कस्थित सन्तोषी होटलमा गत मंगलबार अपरान्ह २२ वर्षीया युवती झुन्डिएको अवस्थामा फेला परिन् । नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ चार दिनयता बसिरहेको होटलको कोठामा ती युवती मृत अवस्थामा भेटिएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती जेठ १२ गते त्यहाँ बस्न आएको पाइएको छ ।

मोरङको उर्लाबारी घर भएकी ती युवती अविवाहित हुन् । उनी तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा काम गर्दै आएकी थिइन् डेढ वर्षयता । अनुसन्धानमा तामाङ ठेक्केदार रहेको र उनी पनि सोही स्वास्थ्यचौकीको निर्माण सम्बन्धी काममा संलग्न रहेको पाइएको छ । तेह्रथुम प्रहरी प्रमुख नवीन प्रधानले तामाङ र ती युवती एक वर्षयता प्रेम सम्बन्धमा रहेको र श्रीमान श्रीमती जसरी बसिरहेको पाइएको बताए ।

उनले भने, म्याङलुङमा कोठा लिएर बस्ने तयारीसमेत भएको रहेछ । कोठा समेत खोजी गरिरहेका रहेछन् । उनले ती युवतीले आत्महत्या नै गरेको तर त्यसको कारण भने खुल्न नसकेको बताए । उनले भने, तामाङले त्यस्तो कुनैपनि विवाद र सम्बन्ध बिग्रिएको अवस्था नभएको बताएका छन् ।

म्याङलुङबाट एक घण्टाको बस यात्रापछि मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकी पुगिन्छ । ती युवती स्वास्थ्यचौकीमै रहेको क्वाटरमा बस्दै आएकी थिइन् । अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको पाइएको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले आत्महत्या दुरुत्साहन कसुरमा तामाङमाथि अनुसन्धान अगाडि बढाएको छ । source teraionline khabar,com

 

 

 

 

 

 

 

 

 

 

 

सर्लाहीमा बिडी खादाँखाँदै कपडामा आगो सल्किएर घाइते भएका व्यक्तिको मृत्यु भएको छ।

बिहीबार राति साढे ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा सर्लाही हरिपूर्वा नगरपालिका-५ का ७० वर्षीय रामसुकुल साहको उपचारका क्रममा मृत्यु भएको हो।

गत आइतबार साहले बिडी खाँदै गर्दा अचानक कपडामा आगो सल्किन गएको थियो। आगोले उनको शरीरको विभिन्न भागमा जलेको थियो। घाइते भएपछि अस्पतालमा उपचाररत् साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनको शवलाई सोही अस्पतालमा राखिएको छ।

 

 

 

 

यो पनि पद्नुहोस

सुर्खेत– भनिन्छ- ‘गाँस छुटोस् तर साथ नछुटोस्’। मित्रताको प्र’गाढ सम्बन्धलाई अभिव्यक्त गर्ने यी शब्द प्रायः कमैको जीवनमा मेल खान्छन्। जीवनका विभिन्न परिस्थितिमा भेटिने र छुटिने साथीभाइको गन्ती हुँदैन। तर जाजरकोट भेरी नगरपालिका–४ नवराज विक र कुशे गाउँपालिका–२ का गणेश बुढामगरको मित्रता भने बाँचुन्जेल मात्रै होइन, म’रेपछि पनि सँगसँगै भयो। गणेश बाआमासँगै सदरमुकाममै बस्दै आएका थिए। ‘छिमेकी भएपछि नवराज र गणेशको सम्बन्ध जिउँदाको जन्ती र म’र्दाको म’लामी मात्रै सीमित थिएन ।’
नवराजका शिक्षक जनक केसीले भने, ‘साथीका लागि एकअर्काले जस्तोसुकै काँ’ध थाप्न तयार हुन्थे, घ’टना पनि त्यस्तै भयो।’ फुटबल खेलाडीसमेत रहेका उनीहरु प्रायः छुट्दैनथे। युवा जोश र ऊ’जाशील उमेरमा हाँस्दै खेल्दै रमाएका नवराज र गणेशलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा ह’त्या भयो। नवराजकी प्रेमिकालाई बेहुलीका रुपमा भि’त्र्याउने सपना बोकेर सोती पुगेका उनीहरु कहिलै नफर्कने गरी बि’दा भएका छन्। सोही घ’टनामा मृ’त्युको सि’कार बनेका भेरी नगरपालिका ४ सञ्जु (सन्दीप) विक, वडा नं. ११ का लोकेन्द्र सुनार र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको घा’ट एउटै हो।

तर नवराज र गणेशको पा’र्थिव शरिरलाई बिहीबार भेरी नगरपालिका–१ को काले घा’टमा हिन्दु परम्पराअनुसार अ’न्त्येष्टि गरिएको हो। श’व दु’र्गन्धित हुन थालेपछि पो’स्टमार्टम रि’पोर्ट नआउँदै अ’न्त्यष्टि गरिएको हो। टीकारामको भने बुधबार अ’न्त्येष्टि गरिएको छ। सञ्जु र लोकेन्द्रको श’व पो’स्टमार्टम गरेपछि अ’न्त्येष्टिका लागि आज परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए। नवराज र सोतीकी मल्ल थरकी प्रेमिकाबीचको अ’न्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा प’रिणत गर्न शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका थिए। तर अ’न्तरजातीय सम्बन्धकै कारण प्रेमिकाका आफन्तले नवराजसहित १८ जना साथीमाथि कु’टपिट गरेका थिए।

घ’टनामा ५ जना भेरी नदीमा मृ’त भेटिएका थिए भने १७ वर्षीय गोविन्द शाही भने अझै बे’पत्ता छन्। घ’टनामा सं’लग्न रहेको भन्दै मृ’तकका नवराज, गणेश र टीकारामका बुवाले चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनावि’रुद्ध कि’टानी ज’होरी दिएका छन्। कि’टानी दिएकामध्ये १८ पक्राउ परिसकेका छन् भने बाँकी २ जनाको खो’जी भइरहेको प्रहरीको भनाइ छ।

Related Articles

Back to top button
Close