Video

रुकुम घटना : बेपत्ता ६ जनाकै शव भेटियो | पोष्टमार्टम रिपोर्टले झन् तनाव ।

समाधान संवाददाता

पेट दुखेर पोखरा गैह्रापाट स्थित फिस्टेल हस्पिटलमा गएकी एक महिलाको दुखाई कम गर्ने इन्जेक्सन लगाउना साथ मृत्यु भएको छ । मृतकका आफन्तले सुई लगाउना साथ कसरी मृत्यु भयो भन्दै कारण मागेका छन । अहिले मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता चलिरहेको छ ।

पति प्रदिप मुल्मीका साथमा मिरा । फाेटाे प्रदिपकाे फेसबुकबाट
फिस्टेल हस्पिटलमा रहेका मृतक परिवारका साथीले समाधानलाई बताएको घटना बिवरण जस्ताको तस्तै

पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थचोककी ३९ बर्षीया मिरा पोखराका व्यवसायीका नेता प्रदिप मुल्मीकी श्रीमती हुन । प्रदिप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन ।

सधै जसो शुक्रबार विहान पनि प्रदिप र मिरा ‘मर्निङ वाक’ गए । फर्केर ब्याडमिण्टन खेले । मिराले खाना पकाईन । मिरा एक छोरा र एक छोरी आमा हुन । सपरिवार खाना खाए ।

खाना खाएपछि मिरालाई पेट दुख्न थाल्यो । धेरै नै पेट दुखेपछि प्रदिपले गाडी चलाएर मिरालाई फिस्टेल हस्पिटलमा लगे । दुखाई कम गर्न भन्दै इर्मजेन्सी वार्ड मै मिरालाई एउटा इन्जेक्शन दिइयो । इन्जेक्शन लगाएको केही मिनेट पछि मिराको मृत्यु भयो ।

मिराका श्रीमान प्रदिपले इन्जेक्शन लगाउना साथ किन मृत्यु भयो भन्दै अस्पतालसंग जवाफ मागेका छन् । मिराको शव अस्पताल मै छ । अहिले अस्पताल प्रशासन, चिकित्सक र मिराका आफन्तबीच वार्ता जारी छ ।

 

 

 

 

 

 

 

बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको शव थियो त्यो ।

खोजी कार्यमा लागेका आफन्तजनले उक्त शव हात बाँधेर घोप्टो परेको अवस्थामा फेलापारेको बताएका छन् । दुबै हात पछाडिपट्टि पारेर माछा मा’र्न प्रयोग गरिने पासा (सामा)ले बाँधेको भेरी नगरपालिका–११ मटेलाका ३६ वर्षीय जनक रोकायाले बताए । जनकलगायत मृतकका केही आफन्त र छिमेकी मटेलाबाट २ जना ट्युबमा चढेर र अरू पौडँदै भेरीमा शव खोज्न निस्केका थिए । ट्युबको सहारामा पौडँदै गएका जनकले करिब ४ किमि तल पुगेपछि चौरजहारी अस्पतालदेखि तल रहेको भेरीको किनारमा शव देखेपछि आफू छेउमा निस्किएको जनाए । उनले भने, ‘दुवै हात सुतलीले बाँ’धेको थियो, लास घोप्टो थियो, मैले कसको लास रै’छ थाहा पाउनलाई पल्टाए, मेरै छिमेकी भाइ लोकेन्द्रको रै’छ ।’

उनले शवको अवस्थाबारे थप बताएअनुसार आफूले पल्टाउँदै गर्दा एक हातको डोरी फुत्कियो, किनभने बायाँ हात भाँ’चिएको अवस्था थियो । ‘आँखा माथिको भाग पूरै कु च्चिएको अवस्था छ’, जनकले थपे, ‘टाउको पनि फु’टा’लिएको छ, टुंगा र ह तियाले समेत कु’टीकु’टी मा’रिएजस्तो लाग्छ, किनकि पानी डुबेर मरेको लास त सुनिएको पो हुन्छ ।’ लास गन्हाउने र आधा शरीर पानीबाहिरै रहेको अवस्थामा फेला पारेको उनले जनाए । पछि खोजी कार्यमा रहेका आफन्तजन आएर प्रहरीलाई खबर गरेका थिए । जाजरकोटको कुदुबाट प्रहरी आएर घटनास्थल मुचुल्का बनाउँदा त्यति गम्भीर नभएको आरोप मृतकका आफन्तको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले प्रहरी शव भेटिएको स्थान पुग्दा दुबै हात बाँधिएको नभई एक हातमा माछा मा र्ने पासा बेरिएको बताए । स्थानीयले दुबै हात बाँ धिएको बताए पनि दुबै हात नबाँधिएको श्रेष्ठको भनाइ छ । प्रहरीले जे देख्यो त्यही मुचुल्कामा उल्लेख गर्छ, भावनामा बहकिने अवस्था नभएको डिएसपी श्रेष्ठको भनाइ छ ।

गत शनिबार भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आ क्रमण गरेर उनीहरूको मृ त्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आ क्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँ धेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताएका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका–४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो ।

घटनामा संलग्न दुई जना अझैसम्म बेपत्ता छन् । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि बेपत्ताको खोजी कार्यमा संलग्न रहेको बताइएको छ । जना आस्था साप्ताहिकमा यो खबर छ ।

रुकुम घटना : मृतक सबैको टाउकोमा चो ट

रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चो ट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चो ट लागेको पाइएको हो।

बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चो ट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए। टाउकोमा चो ट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कु च्चि एको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।

योसँगै मृतकको संख्या पाँच पुगेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो। बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीय सुवर्ण रोकायले बताए। यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए। अस्पतालले पोष्र्टमार्टमको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।

 

 

 

यो पनि पद्नुहोस

पोखरा : बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्।

अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले अंशुलाई फोन गरी हालचाल सोधे—डक्टर दिनमा कतिपटक आउनुहुन्छ तपाईंलाई हेर्न ? अंशुले भनिन्, ‘आउनु भएको छैन।’ मुख्यमन्त्रीले फेरि दोहोर्‍याए, ‘कोठामा आएको छैन ?’ अंशुले उत्तर दिइन्, ‘आउनु भएको छैन। फोनबाट कुरा हुन्छ।’ मुख्यमन्त्रीले नआत्तिकन बस्न, आफूसँग दिनदिनै डक्टरसँग कुराकानी भइरहेको र राम्रो उपचार गर्न भनेको बताए।

धौलागिरी अस्पतालमै अर्की कोरोना संक्रमित मनकुमारी पौडेल भर्ना भई ६ वैशाखमा घर फर्किएकी थिइन्। यिनै दुईजनाको उपचार गर्दाको प्रोत्साहन भत्ता भनी धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँ भन्दा बढी दाबी पेस गरेको छ।

उक्त अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ११ जेठमा पत्राचार गरेको छ। २ जनाकै उपचारको खर्च भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले प्रश्न उठाए। उनले संसदमा भने, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्रमित हुँदा हामीले व्यवभार धान्न सक्छौं त ?’

कोरोना भाइरस रोग कोभिड १९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई प्रोत्साहन भत्ता दिने कार्यविधि नेपाल सरकारले बनाएको छ। त्यस्तै कार्यविधि गण्डकी प्रदेश सरकारले पनि बनाएको छ। त्यसै कार्यविधिलाई आधार बनाएर त्यस्तो खर्च विवरण आएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि पुष्टि गरेको छ।

संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको शतप्रतिशत भत्ता दिने नेपाल सरकारको कार्यविधिमा उल्लेख छ। उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमुना ओसारपसार गर्नेलाई ५० प्रतिशत दिने उल्लेख छ। प्रदेशले केन्द्रबाट दिने भत्तामा २५ प्रतिशत थप्ने भनेको छ।

अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ११ जेठमा पत्राचार गरेको छ। २ जनाकै उपचारको खर्च भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले प्रश्न उठाए, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्रमित हुँदा हामीले व्यवभार धान्न सक्छौं त ?’
सामाजिक विकास मन्त्रालयका अनुसार ११३, २५ र ३१ गरी १६९ जनालाई भत्ता उपलब्ध गराउन धौलागिरी अस्पतालले विवरण पेस गरेको हो। मन्त्रालयका एक अधिकारी भन्छन्, ‘जो काममा खटिएको छ, उसलाई पो भत्ता दिने भनेको हो, सबैको नाम पठाएजस्तो छ। निरीक्षणमा जाँदा नदेखिएकाहरुको पनि नाम थपेर पठाएका होलान्।’

प्रदेश सरकारले सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा कोरोना कोष सञ्चालक समिति गठन गरेको छ। त्यसमा प्रदेश सरकारले १५ करोड रुपैयाँ राखेको थियो। स्वेच्छिक सहयोग ३ करोड ३१ रुपैयाँ थपिएको छ।

मन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिअनुसारमात्रै प्रोत्साहन भत्ता दिइने अन्नपूर्णलाई बताए। ‘अहिले कोरोनाका अरु बिरामीको पनि उपचार गरिरहनुपरेको छ, कुनै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि अहिले निरुत्साहित नगरौं’, आफ्नो नाम उल्लेख नगर्न अनुरोधसहित उनले भने, ‘तर हामी कार्यविधिले भनेको भन्दाबाहेक दिँदैनौं। पाउनुपर्नेले पाउँछ, नपाउनुपर्ने कसैले पाउँदैन।’

धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँको खर्च विवरण पेस गरिसकेपछि सामाजिक विकास मन्त्रालयले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुखको टिमलाई उक्त विवरणमाथि छानबिन गर्न भनेको छ। ‘को साँच्चीकै फ्रन्टमा खटिएको थियो, को थिएन भनेर बुझेर उहाँहरुले प्रतिवेदन बुझाउनुहुन्छ अनि भेरिफाई भएपछिमात्रै भुक्तानी दिइनेछ’, मन्त्रालयका ती अधिकारीले भने, ‘माग्नुभयो भन्दैमा त्यत्तिकै दिइन्न।’ प्रदेशको कार्यविधिमा झुठा विवरण पेस गरे कारबाही हुनेसमेत उल्लेख गरेको उनले सुनाए।

धौलागिरि अस्पतालका अध्यक्ष केबी रानाले त्यस्तो खर्चपर्चको विवरणबारे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) लाई थाहा हुने जानकारी दिए। मेसु शैलेन्द्र बी पोखरेलले भने फोन उठाएनन्।

धौलागिरि अस्पताललाई आइसोलेसनका लागि संघ सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ पनि दिएको थियो। त्यो रकम कोरोना रोकथाम कोषबाट प्रदेशले दिएको हो। असारसम्मका लागि ५ जना नर्स करारमा भर्ना गरी मासिक २८ हजार २ सय रुपैयाँ उपलब्ध गराउन प्रदेशले अर्काे ४ लाख २३ हजार रुपैयाँ पनि धौलागिरि अस्पताललाई दिएको थियो।

पछिल्लो समय कोरोना भाइरस रोग कोभिड १९ संक्रमित पुष्टि भएका ६ जना अहिले धौलागिरि अस्पतालमा उपचाररत छन्। तनाम खोला र बडिगाड गाउँपालिकाका उनीहरु बुधबार अस्पताल भर्ना भएका हुन्।

खर्च भयो साढे ६ करोड
प्रदेशले स्थापना गरेको कोरोना रोकथाम राहत कोषबाट अहिलेसम्म ६ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ। उक्त कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ राखेको थियो। स्वेच्छिक सहयोग ३ करोड ३१ लाख रुपैयाँ जुटेको थियो।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा उक्त कोष सञ्चालक भइरहेको छ। समितिमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत अरु मन्त्रालयका अधिकारी पनि सदस्य छन्। समितिका एक सदस्यका अनुसार प्रदेश आपूर्ति केन्द्रलाई कोषबाट ५ करोड ७ लाख रुपैयाँ उपलब्ध गराइएको छ। यो शीर्षकको खर्च सबैभन्दा ठूलो हो।

कोषबाट बागलुङको धौलागिरि अस्पतालमा आइसियु बनाउन ६० लाख र कर्मचारी राख्न ४ लाख रुपैयाँ २३ हजार रुपैयाँ उपलब्ध भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आन्तरिक व्यवस्थापनका लागि ५० लाख रुपैयाँ दिइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले कोषबाट ३ लाख ७८ हजार रुपैयाँ पाएको छ। यी मुख्य शीर्षकबाहेकमा पनि खर्च भएको छ।

Related Articles

Back to top button
Close