News

धनगढीमा २४ बर्षीय जयन्ती जैशी मृ’त फेला, श्रीमान, सासु र नन्द नियन्त्रणमा

धनगढी २०७७ जेठ १७ गते । धनगढी उपमहानगरपालिका–३ विशाल नगरमा एक महिला मृ’त अव’स्थामा फे’ला परेको छन् । शनिबार २४ बर्षीय जयन्ती जैशीको झु’ण्डीएको अ’वस्थामा मृ’त फेला परेको हो । जि’ल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरको भान्सा कोठामा झु’ण्डीएको अवस्थामा मृ’त महिला फे’ला परेको हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्र’हरी नायव उपरीक्षक दक्ष कु’मार बस्ने’तका अनुसार ह’त्याको आ’संकामा परिवारका ३ जनालाई निय’न्त्ररणमा लिएको छ । मृ’त’क म’हिलाको श्रीमान, सासु र नन्द लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार परिवारमा समय–समयमा क लह भई रहेने ग रेको थियो । उनको मा इती घर कै लालीको पहल मानपुर हो । मृ’तक म हिलाको झ’ण्डै डेढ बर्षको छोरा छ । उनको श’व पो’ष्टमार्टमका लागि अहिले सेती प्रा देशिक अस्पतालमा रा खिएको छ । परिवारहरुको सं लग्तामा हत्या भएको भ न्दै कि टानी जा हेरी दिने त यारी भए का मृ तक महि लाका बु बा मो हनराज जै शीले जा नकारी दिए । ‘मेरो छोरीको आ’त्मा’ह’त्या होइन, ह’ त्या नै भ एको हो’ जैशीले भने । ‘दो’षीलाई का र्यवा ही हुनुपर्छ ।’

 

 

 

 

यो पनि पद्नुहोस

 

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी पनि जोखिममा रहेको भन्दै वैशाख २७ गते नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र कृष्णनगर नगरपालिका कर्मचारीसहित ५० जनाको कोभिड–१९ जाँच गर्न स्वाब संकलन गरी पठाइयो । स्वाब दिएर पनि सुरक्षाकर्मीहरू निरन्तर सीमामा ड्युटीमा खटिएका थिए । कुनै लक्षण नहुँदा कोरोना लागेको होला भन्ने शंका पनि थिएन ।

वैशाख ३० गते साँझ ८ बजेतिर खाना खाएर बसेको बेला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपशम्सेर राणाको फोन आयो । कृष्णनगरमा ८ जनामा कोरोना पोजेटिभ देखिएकाले सतर्क रहनुहोला भनेर जानकारी दिइयो । एसपी सा’पले दिएको अनपेक्षित जानकारीले सबै छक्क परे ।

सोही राति नै संक्रमितहरूलाई तौलिहवाको तिलौराकोटको क्याफेमा ल्याएर राखिएको छ । सबै छुट्टाछुट्टै कोठामा छन् ।

कोरोनाविरुद्धको काममा ‘फन्टलाइन’मा रहेका सुरक्षाकर्मी दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मी पनि जोखिममा छन् ।

संक्रमित व्यक्ति विगत १६ दिनदेखि सोही भवनमा आइसोलेसनमा बसेका छन् । संक्रमितमध्ये एक प्रहरीले भने, ‘कोरोना त देखियो तर अहिलेसम्म कुनै लक्षण देखिएको छैन । हामीलाई अहिलेसम्म चिकित्सक भेट्न त के टेलिफोनमा समेत कस्तो छ भनेर सोधेका छैनन् ।’ हालसम्म कुनै औषधि पनि खाएका छैनन् ।

‘हामी सबै आइसोलेसनमा छौँ । घरबाट फोन गरेर सुरक्षाकर्मी पनि संक्रमित भए को हुन् भनेर सोध्छन् । खै अरु कोही होलान्, हामीलाई थाहा छैन । ड्युटीमै छु । काम गरिरहेको छु । भीडभाड छ । साँझ फोन गर्छु भनेर श्रीमती र परिवारलाई ढाँटेको छु,’ उनले भने । आफूलाई संक्रमण भएपनि परिवारलाई जानकारी दिएर तनाव दिन नहुने उनको बुझाइ छ ।

उनले थपे, ‘हामी ५ जना एकै ठाउँमा बसेकाले कसैले पनि आ–आफ्नो परिवारलाई आफूहरू संक्रमित भएको जानकारी दिएका छैनौं । परिवारलाई थप पीडा हुन्छ । तनाव हुन्छ । सावधानी अपनाउँदा–अपनाउँदै पनि कोरोना सर्‍यो ।’

कपिलवस्तुपछि बारा र अन्य पूर्वी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । सीमामा काम गर्ने सुरक्षाकर्मीलाई राज्यले कुनै पनि व्यक्तिगत सुरक्षाका उपकरण नदिँदा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, ‘न पीपीई दिन्छन्, न मास्क न सेनिटाइजर केही पनि दिँदैनन् । सरकारले हामी जोखिम मोलेर ‘हाई रिक्स’मा काम गर्ने सुरक्षाकर्मीलाई आफू जोगिएर काम गर्ने उपकरणको व्यवस्था गर्नुपर्छ ।’

यो पनि पद्नुहोस

दैलेख : भारतबाट फर्किएका दैलेखका एक युवकको मृत्यु भएको छ। दुल्लु नगरपालिका – ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो। उनी दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो। ‘शनिबार बिहान चिया खाजा खानुभएको रहेछ, पछि त्यहि ढल्नु भएको हो,’ मेयर भण्डारीले भने।
उनको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ। पीसीआर परीक्षण रिर्पोट आउन बाँकी रहेकोले आएपछि मात्र उनको मृत्यु कोरोनाले हो/ होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ।

Related Articles

Back to top button
Close