Video

नेपाल भारत सिमानामा यतिठुलो अक्रमण,नेपाल प्रहरीले चलायो गोली,यसरी लखेट्यो भारतिय

 

 

काठमाडौं १७ जेठ / कोरोना भाइरस महामारीका कारण जारी लकडाउन सरकारले कम्तिमा जेठभर थप्ने संकेत गरिसकेको छ । जारी लकडाउन जेठ २० सम्म तोकिएपनि त्यसपछि लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्दोगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए ।स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ ।

तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । त्यसैगरी उद्दोगहरु संचालन हुनेछन् । त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ ।

कृषि कार्य गर्न छुट नै छ ।देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो ।

Related Articles

Back to top button
Close