News

भखरै ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प ठुलो धक्का

लिमा, १८ जेठ (रासस–सिन्ह्वा) पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

यो पनि पद्नुहोस

विप्लव नेकपाले भन्यो-‘रुकुम ह’त्याका’ण्डका अपरा’धीलाई सरकारले कारबाही नगरे हामी गर्छौं’
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले कथित उच्च जातीय अ’हंकार र वि’भेद प्रदर्शन गरी रुकुममा भएको ह’त्याका’ण्डप्रति खेद प्रकट गर्दै दो’षीमाथि सरकारले का’रबाही नगरे कार’बाहीका लागि पार्टीले पहल लिने जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी राजकुमार राईले विज्ञप्ति जारी गर्दै उक्त ह’त्याका’ण्डमा संलग्न केटी पक्षका योजनाकारलगायत सबैलाई छानबिन गरी कानुनी का’रबाही नभएमा र पीडित ६ जनाका आफन्तलाई उचित न्याय नदिलाइएमा घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले पहल लिने धारणा सार्वजनिक गरेका हुन् ।

२०७७ साल जेठ १० गते रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ मा भएको नि’र्मम ह’त्याको घटनाप्रति नेकपा जाजरकोटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जाजरकोट जिल्ला भेनपा वडा नं. ४ बस्ने मोहन विकका छोरा नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ सोती बस्ने वीरबहादुर मल्लकी छोरी सुष्मा मल्लबीच लामो समयसम्म प्रेमसम्बन्ध रहँदै आएको र वैवाहिक जीवनमा बाँधिने समय आउँदै गर्दा केटी पक्षले र सम्बन्धित वडाका सत्ता प्रतिनिधिले समेत जातीय भेदभाव र छुवाछूत चिन्तनका कारण उक्त घटना सोही पक्षबाटै गराइएको पुष्टि भएको पनि नेकपाले जनाएको छ ।

‘नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र नेपालको स्थापना भइसक्दा पनि जातीय भेदभाव र छुवाछूतको कुसंस्कारले जरा गाड्दै जानुले वर्तमान राज्यव्यवस्थाप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ । संविधानमा जातीय भेदभाव र छुवाछूत गर्नेलाई कानुनी सजाय हुने भनिएको छ तर व्यवहारमा जाँदा कथित ठूला जातिले साना जाति भनिएकालाई गर्ने व्यवहार र विभेदमा उही पुरानै सामन्ती संस्कार र चिन्तन हाबी हुनुले व्यवस्थाका नाममा नयाँ शासन प्रणाली पुरानै भएको दिनको घामझैँ छर्लङ्ग हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान व्यवस्था कम्यु्निस्ट सरकारको उपेक्षित जातिप्रतिको दृष्टिकोण पुरातन नै भएको बताउदै नेकपाले संस्कृतिमा क्रान्ति नभएर प्रतिक्रान्ति भएको बताएको छ ।

केटी लिन जाँदा केटी पक्षले र स्वयम् सत्ता प्रतिनिधिको संलग्नतामा योजनाबद्ध ढङ्गले करिब १५० जनाको समूहले घेरा हाली नवराज विकसहित ४ जनालाई कु’टीकु’टी बी’भत्स ढङ्गबाट ह’त्या गरिएको र थप २ जनालाई अझै बेपत्ता बनाइएको नेकपाले जनाएको छ ।

नेकपाले केटी पक्षका योजनाकार र घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरि पीडित ६ जनाका आफन्तलाई उचित न्याय दिलाउन सरकारसँग माग गरेको छ । सत्यतथ्य छानबिन नगरिएमा र घटनाका दोषीलाई कानुनी कठघरामा नउभ्याइए नेकपाले कारवाही थाल्ने चेतावनी समेत दिएको छ ।

यो पनि पद्नुहोस

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका-११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

Related Articles

Back to top button
Close