News

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

नेपालमा कोरोनाबाट थप १ जनाको मृ’त्यु, मृतकको संख्या ८ पुग्यो

धनगढी । नेपालमा कोरोनाबाट थप १ जनाको मृ’त्यु भएको छ ।

सुदूरपश्चिम स्थित बाजुरामा कोरोना भाइरसबाट एक बालिकाको मृ’त्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृ’त्यु भएको हो ।

८ दिन अघि मात्रै बालिका सहित उनका बाआमा भारतबाट फर्किएका थिए । बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा आज बिहान मृ’त्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ ।

यस्तै मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना देखिएको बताइएको छ । संक्रमित आमालाई अहिले सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ ।

मृ’तक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो ।

यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ पुगेको छ।

यो पनि पद्नुहोस

डोटी: डोटीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । राजपुर डोटीमा रहेकाे सुजङ अस्पतालमा शुक्रबार शल्यक्रियामार्फत् शिशु जन्माएकी केआइसिह गाउँपालिका-४ की ३५ वर्षीया सुत्केरी महिला गएराती मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरी नारु कार्कीको मृत्यु भएको पुष्टि गरे । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको मलासीले बताए । शिशुको अवस्था भने समान्य रहेको छ ।

कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ । उनको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख मलासीले जानकारी दिए । उनको आजै थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइने मलासीले बताए ।

 

 

 

यो पनि पद्नुहोस

काठमाडौं, धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे । भूकम्पको धक्का काठमाडौं, नुवाकोट , मकवानापुर लगायतको जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

नेपालमा ४ म्याग्निच्यूडसम्मका भूकम्पको धक्का निरन्तर महसुस हुने गरेको छ। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछि नेपालमा सानातिना परकम्प अझै पनि रोकिएका छैनन्। शनिबारको भूकम्पको धक्का काठमाडौं नजिकै केंद्रबिन्दु भएकाले उपत्यकामा समेत पनि महसुस भएकोबताइएको छ ।

Related Articles

Back to top button
Close