News

कोरोनाबाट बाँच्न भन्दै भारतबाट गाउँ आइपुगे चन्द्रबहादुर, तर घरको बलेसी नै नकटी प्राण त्यागे

 

 

 

 

 

यो पनि पद्नुहोस

चीनले आफ्नो देशबाट उत्पत्ती भएर विश्वमा त्राहीत्राही मच्चाईरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को औषधी पत्ता लगाएर बजारमा ल्याउने मिति नै तोकेको छ । उसले ६ महिनाभित्र कोरोनाको औषधी बजारमा ल्याएरै छाड्ने उद्घोष गरेको हो ।

चिनियाँ सञ्चारमाध्यम साउथ चाइन मर्निङ पोस्टले पनि कोरोनाविरुद्धको खोप उत्पादनका लागि चीनले फास्ट ट्रयाक (छिटो बाटो) अपनाइरहेको उल्लेख गरेको छ। चीनले कोरोना भाईरस विरुद्धको खोप सन् २०२० को अन्तिमसम्ममा बजारमा आउने दाबी गरेको छ ।

चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउने दाबी सहितको जानकारी दिएको हो ।

बिबिसी समाचारमा उल्लेख भए अनुसार वुहान इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्सले बनाएको खोप २ हजार जनामा परीक्षण गरिसकिएको छ ।

खोप दोस्रो चरणको परीक्षणमा गइसकेको र उक्त खोप यो वर्षको अन्त्य तथा अर्को वर्षको सुरुमै बजारमा आउने बताईएको छ । यो भनेको यही सन् २०२० को अन्त्यमा हो। आज मे ३१ भइसकेको छ। यस हिसाबले अब अन्तिम महिना डिसेम्बर आउन ६ महिना मात्र बाँकी छ।

Related Articles

Back to top button
Close