Video

१८ वर्षको उमेरमै विधवा भएकी मन्दिपको श्रीमती भन्छिन्, ‘यो काखको छोराले बाबा भन्न पनि पाएन’ (भिडियो हेर्नुस्)

 

 

काठमाडौं । ८ महिनाको छोरा काखमा छ । कलिलो उमेर छ । १८ वर्षको कलिलो उमेरमा श्रीमानलाई उनकै साथीले ह त्या गरिदिए । उनको अगाडी आकास जस्तो जिवन बाँकी छ । यो सानो काखको छोराले बाबा भनेर बोलाउन पनि पाएन । १८ वर्ष उमेर टेकेकी यि युवतीको भविष्य अब के होला ?

घरमा केही साथी उनका श्रीमानलाई बोलाउन आए । राति उनी आएनन् । श्रीमती सु तेकै थिइन् । छिमेकीले ढोका ढकढकाउन आए । एक जना महिला उनलाई ढोकामा बोलाउन आएकी थिइन् । हतार गरेर उठीन् के भयो दिदी ? किन बोलाउनु भयो भनेर सोधिन् । जव उनको दिदीले आफ्ना श्रीमान यो धर्तीमा नभएको कुरा सुनाइन् उनले टेकेको जमिन भा’सियो । आँखा अगाडी अँध्यारो भयो । उनी दौडिएर खोला किनारमा पुगिन् । अवस्था हेर्न सकिने थिएन ।

उनले आफ्ना श्रीमानको अवस्था हेर्न सकिनन् । अहिले पनि त्यो दृष्य आँखा अगाडी घुम्छ । जुन दिन देखि मनदिपले छोडेर गए श्रीमती र उनको आमाको आँखा ओभाएको छैन । उनले राती १२ वजेसम्म श्रीमानलाई फोन गरेकी थिइन् । साँझ ७ वजे साथी घरभन्दा तल बोलाउन आएका थिए ।

श्रीमानले जाने बेलामा म आज साथीहरुको मै बस्छु भोली आउँछु भनेर गएका थिए । साँझ श्रीमानलाई बोलाउन आउँदा ७, ८ जना साथी थिए । एक जना घर नजिक आएर बोलाए उनलाई देँखे तर अरु अलि पर बसेका थिए । उनीहरुलाई भने आफुले नचिनेको बताइन् । श्रीमान साथीले बोलाएर गएपछि फर्केर आउँछन् की भनेर रातभरी ढोका पनि नलगाई कुरीन् । विहान पख निदाएकी थिइन् छिमकी दिदी आएर त्यस्तो खबर दिएको बताइन् ।

अकालमा ज्यान गुमाएका मनदिपको जिवन संधै दुखैदुखमा बित्यो । ११ वर्षको छोरालाई छोडेर पहिलो श्रीमतीले छोडेर गएपछि उनले अर्को विवाह गरे । वुवाले पनि केही वर्ष अघि नै छोडेर गए । बुवाको निधन भएपछि परिवारको सबै आर्थिक भार मनदिपकै काँधमा थियो । ११ वर्षको छोरालाई छोडेर हिडेपछि उनले सहाराको लागि अर्को विवाह गरेका थिए । १६ वर्षको नाबालिक विवाह गरेका मनदिप विवाह भएको २ वर्षमै अस्ताए । १८ वर्षको उमेरमा विधवा बनाउने मनदिपका साथीलाई कडा कारवाहीको माग गरेकी छन् ।

 

 

 

भेरीमा ब’गेका नवराज विकका साथी गोबिन्द शाहीको श’,व सुर्खेतमा भेटियो !
नेपाल मात्र हैन् विश्व नै कोरोना मा’हामा’रीबाट ग्र’सित छ । कोरोनाबाट ब’च्नका लागि नेपालमा केही २ महिना देखि ल’कडा’उन जारी छ । यहीबीच पश्चिम रुकुममा घटेको द’र्दना’क घ’टनाले सबैको मन रु’वाएको छ । आखिर के दो’ष थियो र एकसा ६ जनालाई त्यसरी भेरीमा ब’गा’ईयो । यो प्रश्न आम मानिसको मनमा उब्जिएको छ ।

जिल्लाको चौरजहारीमा भएको घ’टनामा बे’पत्ता भएका ६ जना सबैको श’व फेला परेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घ’टनामा ६ जना बे,पत्ता भएका थिए । यसअघि ५ जनाको श’व फेला परेको थियो । शनिबार छैटौँ जनाको पनि श’व फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।

बे’पत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको श’व सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए । श’व फेला परेसँगै अब परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको श,’व फेला परेको थियो ।

 

 

 

 

 

 

यो पनि पद्नुहोस

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् ।
न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घाईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृत्यु भएको हो । दुर्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घाईते न्यौपानेको मृत्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

Related Articles

Back to top button
Close