News

श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै गर्भवती महिलाको मृत्यु

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा बाटोमैल्याउँदै गर्दा  मृत्यु भएको हो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

काठमाडौं । दुबईमा कोरोनाभाइरसबाट संक्रʼमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन आग्रह गरेका छन् ।पत्रकार ऋषि धमलासँग कुʼरा गर्दै ती युवाले आफुलाई कोरोना लागेको भएपनि उपचार नगराइएकाले आफु मʼर्न लागेकोभन्दै विलौʼना गरेका हुन ।

अन्तरवार्ताकै क्रममा रुदै उनले भने, कोरोना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् । उनले आफुलाई कोरोनाका कारण स्वाʼस फेर्न गाह्रो भइरहेको जानकारी दिए ।

त्यस्तै उनले जोरो आएको, छाती दुखेको छ, घाटी सुख्खा भएको बताउदै आफ्नो अवस्था गम्भीर रहेको जानकारी दिए ।“घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रैछ, कसरी लाग्यो थाहा भएन, यहाँ मलाई धेरै पिडा भइरहेको छ, उनले अन्तर्वार्ताका क्रममा भनका छन् ।

सिराहको मिर्चैया घर बताउने ती युवाले आफ्ना परिवारजनलाई चिन्ता हुने भएकाले आफुलाई केही नभएको भनेर टाँट्ने गरेको पनि जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै उनले मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म मर्छु भनेका छन् ।

उनले दुबईमा रहेको नेपाली दूतवासमा पटक पटक फोन गरेपनि कुनै सहयोग नगरेको र एक दुई दिनमा डाक्टर आउछ भन्ने आश्वासन मात्रै दिने गरेको तर अहिलेसम्म डाक्टर नआएको गुनासो गरे । उनले आफु दुबई आएको २७ महिना भएको र अहिले साथमा एक दुई हजार रुपैया मात्रै रहेको जानकारी दिए ।

 

 

 

 

 

 

यो पनि पद्नुहोस

चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ।

४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ।

संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए।

‘उहाँलाई धेरैवटा समस्या थियो। किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो। हालैमात्र उहाँले मृगौलामा संक्रमण भएको थाहा पाउनुभएको थियो। अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। संक्रमण सुरू भएको मात्र थियो तर अवस्था बिग्रदैं गयो’ सलिमले भने।

केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

‘साजिद-वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी मृगौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मृगौला प्रत्यारोपण गरेका थिए।

साजिद-वाजिदको जोडीले धेरैजसो संगीत सलमान खानका सिनेमाका लागि बनाएका थिए। हालै सलमानले रिलिज गरेको ‘भाइइभाइ’ गीतमा समेत वाजिदको सहयोग थियो।

साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो।

त्यसयता उनीहरूको जोडीले थुप्रै सिनेमामा सँगै काम गरेको थियो। ‘तेरे नाम’, ‘तुमको ना भूल पाएगें’, ‘पार्टनर’ र ‘दंबङ; फ्रान्चाइज उनीहरूले सँगै काम गरेका केही चर्चित सिनेमा हुन्।

संगीतका अलावा वाजिदले सलमानका लागि गीत पनि गाएका छन्।

वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

 

 

 

 

यो पनि पद्नुहोस

जेठ १९, २०७७ काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो। उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन्। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए।

Related Articles

Back to top button
Close