News

लकडाउन झन् कडाई : एउटा वडाबाट अर्काे वडामा समेत जान नपाइने

काठमाडौं । कोरोना भाइसर (कोभिड–१९)को संक्रमण बढन थालेपछि सरकारले लकडाउनलाई अझै कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको वैठकका निर्णय सुनाउदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले लकडाउनलाई कडाइ गर्नु परेको बताए ।

उनका अनुसार सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको हो । याे सँगै कोरोना संक्रमण बढन थालेपछि र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय पनि सरकारले गरेकाे छ ।

शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय नलिएको बताए । । उनले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी पनि दिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म ९ जना संक्रमित भएका छन् । गत चैत्र ११ गतेदेखि सरकारले कोरोनाको प्रकोप न्यूनिकरणका लागि लकडाउन सुरु गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।

लकडाउन फेरि एक साता बढाउन सुझाव

भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए। कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनलगायतपछि मात्र लकडाउन खुल्न सक्ने बैठकपछि उनले बताए। उनले जोखिम कम भएका जिल्लामा छोंटो दुरीको यातायात सेवा अवस्था हेरी सञ्चालन गर्न सकिने जानकारी पनि दिए। अझै एक साता लकडाउन लम्बाएपछि अवस्था हेरेर थप निर्णय लिनुपर्ने उनको भनाइ छ। ‘कम जोखिम भएका जिल्लामा छोटो दुरीमा सवारी साधन चलाउन पनि सकिन्छ, स्थिति हेर्न अझै बाँकी छ’, उनले भने।

भारतले एकैपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो भने नेपालले पटकपटक गरी दुई साता लकडाउन गरेको छ। अर्को लकडाउन तेस्रो साताका लागि हुनेछ।

Related Articles

Back to top button
Close