News

भखरै मिसन अस्पतालमाआइसोलेसनमा राखेको मगरको मृत्यु

काठमाडौँ : आइसोलेसनमा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशा मगरको मिसन अस्पतालको आइसोलेसमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

मृतक दिशा मगरलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भए पनि स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने अझै पुष्टि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

उनी केही दिन अघि मात्र भारतको मुम्बईबाट नेपाल आएकाथिए । मगर जेठ १८ गतेदेखि पूर्वखोला २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका उनको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । मृत्युपछि पुन स्वाब संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

यो पनि पद्नुहोस

पोखरा । बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।

श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने ।

एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्टको भिडियो:


यो पनि पद्नुहोस

काठमाडौं । भाग्य कहिले र कहाँ बदलिन्छ कसैलाई थाहा हुँदैन । कोरोना भाइरसको यो महामारीका बेला अधिकांश मानिसहरु शहरबाट घर गएर बस्न थालेका छन् ।त्यहाँ खेतबारीमा काम गर्न थालेका छन् । यसैबीच कोरोना महामारीका कारण एक परिवार पनि शहरबाट गाउँ गयो ।फ्रान्सको राजधानी पेरिसमा बस्ने त्यो परिवार लकडाउनका कारण आफ्नो गाउँ वेनडम गएको थियो ।श्रीमान श्रीमती आफ्ना बच्चालाई लिएर वेनडमस्थित आफ्नो गाउँ फर्किए र त्यहिँ बस्न थाले ।लकडाउनमा बस्नको लागि उनीहरुले बगैँचामा एक सानो बस्ने ठाउँ बनाउनका लागि खन्न थाले ।

त्यसपछि उनीहरु काम गर्दै गए र खन्दै जाने क्रममा उनीहरुले सुनका बिस्कुट फेला पारे । उनीहरु दुई वटा सुनका बिस्कुट फेला पारेका थिए ।उनीहरुले सुन हो वा होइन भनेर चेक गराए । तर त्यो सुन नै भएको पत्ता लाग्यो । उक्त भेटिएको सुन ५० वर्ष पुरानो थियो ।उक्त सुन सन् १९९७ मा किनिएको बताइएको छ । उक्त सुन दुई किलोग्राम भएको बताइएको छ ।एजेन्सीको सहयोगमा

 

 

 

यो पनि पद्नुहोस

काठमाडौं – विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।

सरकारले १२ जेठको मन्त्रिपरिषद् निर्णयमार्फत भारतबाट स्वदेश फर्कन चाहनेहरूका लागि २० वटा नाका खुला गरेको छ भने अन्य मुलुकबाट आउन चाहनेहरूका लागि प्राथमिकता तोकेको छ । सरकारले भारतका २० नाकाबाट गरी करिब ५ लाख तथा भारतबाहेकका अन्य मुलुकबाट करिब ४ लाख गरी ९ लाखको हाराहारीमा नेपालीहरू स्वदेश फर्कने अनुमान गरेको हो ।

‘भारतबाट नेपालीहरू फर्कने क्रम जारी छ । अब करिब ५ लाखको हाराहारीमा भारतबाट र भारतबाहेक अन्य मुलुकबाट ४ लाख गरी करिब ९ लाख नेपाली फर्कने सरकारको अनुमान छ । सेनालाई सोहीअनुसार तयारी गर्न भनिएको छ,’

सरकारले मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आउनेहरूको व्यवस्थापन र उनीहरूलाई घरसम्म पु¥याउन सेनालाई खटाउने निर्णय गरिसकेको छ । सेनाले नै विमानस्थल र भारतसँगका नाकाबाट भित्रने नागरिकहरूलाई होल्डिङ सेन्टरसम्म लैजानेछ । यस्तै, होल्डिङ सेन्टरबाट विभिन्न प्रक्रिया पूरा गरेर जिल्लासम्म पु-याइनेछ ।

भारतबाहेकका मुलुकबाट आउनेहरूका लागि सरकारले १५ वटा प्राथमिकता तोकेको छ । जसअनुसार सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र नेपाल आउन अनुमति प्राप्त भइसकेका, बर्हिगमन भिसामा परेका, काजकिरियाका लागि फर्कनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य समस्या भएकाहरू स्वदेश फर्कन पाउनेछन् ।

यसैगरी, सुत्केरी तथा गर्भवती महिला, बाललबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययन वा तालिमका लागि विदेश पुगेका, अध्ययन समाप्त भएका विद्यार्थी, फर्कनैपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, परिवार भेटघाटका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेका तथा पर्यटक भिसामा विदेश पुगेकाहरू स्वदेश आउन पाउनेछन् । तर, कोरोना संक्रमण पुष्टि भएकाहरू भने संक्रमण ठीक नहुन्जेल फर्कन पाउनेछैनन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

 

 

 

यो पनि पद्नुहोस

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी छन्। पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन्।
स्वास्थ्य सामान्य भएपछि २८औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहले जानकारी दिएको छ।

 

 

यो पनि पद्नुहोस

काठमाडौं । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आउनु भएको थियो ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुर्इृ जनासँगै आइतबार घर जाँदै गर्नु भएका कार्की अचानक बाटोमै बेहोस हुनुभएका कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ ।

Related Articles

Back to top button
Close