News

भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

आइतबार (जेठ १८) गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गरेकी छन् । जेठ १७ गते बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको छ ।

 

 

 

यो पनि पद्नुहोस

कंगो । विश्वभर कोरोनाको महामारी भइरहेका बेला अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ। संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको संक्रमण देखिएको हो।

संगठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका संक्रामक एवं प्राणघातक रोगहरु कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको बताए ।

उनले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए ।

सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ।

डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताए ।

उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको छ भने कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कंगोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कंगोका जंगली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ।

 

 

 

 

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का ११ महिने दूधे बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पतालमा गरेको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको हो।

संक्रमितका आमाबुवा वैशाख १४ गते धनगढीको गौरीफन्टा नाकाहुँदै कञ्चनपुर आइपुगेका थिए । संक्रमित बालक बुवाआमासँगै भारतको गुडगाउँबाट नेपाल आएका हुन् । उनीहरुलाई नाकाबाट शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माविमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि आमा र बालकलाई घर पठाउन स्वास्थ्य परीण गर्दा कोरोना भाइरस संक्रमण देखिएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य प्रमुख परमानन्द भट्टले बताए। उनका अनुसार आमाको रिपोर्ट नेगेटिभ आएको छ भने बुवाको परीक्षण हुन बाँकी छ।अहिले सम्पर्कमा आएका व्यक्तिको खाजी भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए। संक्रमित
बालिकालाई महाकाली अस्पताल ल्याउने तयारी भइरहेको छ।

Related Articles

Back to top button
Close