Video

रुकुम घटना- १२ दिनपछि सबै डर लाग्दा तथ्यहरु बाहिरियो ! नवराज र केटीको पहिलो भेटदेखि अन्तिम म्यासेजसम्म (भिडियो हेर्नुस)

प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए ।

२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन । त्यसपछि के भयो ? भिडियो हेर्नुस

 

 

 

 

 

 

२२ जेठ, विराटनगर । घरमा खाद्यान्न सकिएर भोकले बे’होस् भएकी मोरङको बुढीगंगा गाउँपालिकाकी एक जना सुत्केरी लाई नेपाली कांग्रेस १ नम्बर प्रदेश का प्रमुख सचेतक केदार कार्कीले सहयोग गरेका छन् । चामल लगायत घरमा भएका सबै खाद्यान्न सकिएर पोषिलो खाना खान नपाउँदा सुत्केरी रेखा परियार ऋषिदेव बे’होस् भएको भिडियो सामाजिक सञ्जाल ट्विटरमा भाइ’रल बनेको थियो । आफ्नै गाउँपालिकाकी एक जना सुत्केरीले खान समेत नपाएको र बे’होस् भएको भिडियो सामाजिक सञ्जालमा आएपछि सहयोग गर्न पी’डितकै घर पुगेको प्रमुख सचेतक कार्कीले बताए ।

सुत्केरी ऋषिदेवका अनुसार कार्कीले आफैं दाल, चामल,मासु र स–साना नानीहरूको लागि कपडा लिएर पी’डितको घरसम्म पुगेका हुन् । ऋषिदेवले भनिन्, “सांसद कार्की आफैं खाने कुरा, मासु र साडी बोकेर आउनु भएछ । मेरो बच्चाहरूलाई लुगा किनिदिनु भनेर पैसा पनि दिएर जानुभयो । मलाई साडी ल्याई दिनुभएको छ ।”

बुढिगंगा गाउँपालिका वडा नम्बर ४ माथिल्लो गोकुवामा रेखा र उनको परिवार सानो झुप्रोमा बस्छ । मजदुरी गरेर आएको पैसाले परिवार चल्छ । तर, लामो समयको ल’कडाउनका कारण घरमै बसाइ भएको र खाद्यान्न नै सकिएर समस्या भएको ऋषिदेवले सुनाइन् । प्रमुख सचेतक कार्कीले भने, “भोकले बे’होस् भएको भिडियो देखेर साह्रै दुःख लाग्यो त्यही भएर आफैं सहयोग सामग्री बोकेर पुगेको हुँ ।” कोरो’ना म’हामारीका कारण स्थानीय रुपमै रोजगारी गुमाएका वि’पन्नहरूका लागि सरकारले राहत तथा खाद्यान्न उपलब्ध गराउन नसक्दा गाउँघरमा यस्ता समस्या बढ्न थालेको कार्कीको भनाइ छ ।

 

 

 

 

 

 

 

 

 

 

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो । सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।

अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार
गरिएको थियो ।रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दु*र्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ । मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन ।ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ ।Source:HKkhabar.coom

 

 

 

 

यो पनि पद्नुहोस

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २२ गते बिहिबार इश्वी सन २०२० जुन ४ तारीख ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी विशाखा नक्षत्र शिव योग तैतिल करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । भोगबिलासमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

Continue Reading

Related Articles

Back to top button
Close