Entertainment

क्वारेन्टाईनबाटै २२ वर्षिया महिला प’रपुरुषसँग पाेईला भा’गिन्,यस्तो छ प्रेम काहानी

काठमाडौँ – यति बेला विश्वभर कोरोनाको महामारीले मानिसलाई आ’क्रान्त बनाइरहेको छ। विशेष गरी कोरोनाबाट ब’च्नको लागि देश भरि लक् डाउन लगाइएको छ। यस्तो बेलामा पनि बेला बेलामा रोचक तथा अनौठा घटना हरु घट्ने गरेको छ।केहि समय अघि मात्र श्रीमतीलाइ ढाटेर प्रेमिकालाइ भेट्न जादा कोरोना सरेको कोरोनाको बेला अनलाइन बिबाह जस्ता घटनाले पनि मानिसको ध्यान तानेको थियो। यस्तै रोचक घटना नेपालमा पनि घटेको छ।

क्वारेन्टाईनमा संगै बसेका अर्का पुरुष संग चितवनकी २२ वर्षीय गंगा भ्लोन भागेर गएकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर जादा बाटोमा एक अर्का मन परेको र बिस्तारै माया लाग्न थाले पछि पर पुरुष संग भागेकी हुन् । चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भा’गेर गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्रा’उ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ। गंगाकि दिदिको अनुसार उनीहरु श्रीमान श्रीमतीको पछिल्लो अबस्थामा सम्बन्ध बिग्रिदै गएको थियो।

केहि महिना अगि बाट बुढा चितवनमै रहेको र गंगा काठमाडौँमा बस्ने गरेको पनि उनकी दिदीले खुलाएकी थिइन।आखिर कसरी भा’ग्न सफल भइन त गंगा?? उनकी दिदीको अनुसार राति बाट नै उक्त पुरुष र गंगा यता र उता गर्ने , आखाको इशारा गर्ने गरेको थाहा भएको थियो । र एक बिहानै दुवै जना क्वारेन्टाईनबाट सुरक्षा कर्मिको आखा छक्याएर भागेको बताएकी छिन्।

धेरै पर्खिदा पनि दुवै जना नआएपछि दिदीले बाध्य भएर प्रहरीलाई खबर गरेकी थिइन र प्रहरीले खोजि गरेपछि उनीहरु भाग्ने क्रममा चितवन भन्दा पर पक्राउ परेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

कैलाली, जेठ २२ । लकडाउनमा पनि दुर्घटनाको दर रोकिएको छैन । बाँकेमा ११ जनाको निधन भएको दुखद खबर सेलाउन नपाउँदै फेरी लालीको गौरिफन्टा नाकामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना बुधबार राती नासिकमा भएको हो । उक्त दुर्घटनामा ड्राइभर सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ । घाइतेहरुको संख्या घेरै रहेको र केहि घाइतेहरुको अवस्था गम्भिर रहेको जनाइएको छ । मृतक तथा घाइतेको विवरण आउन बाँकी । घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

 

 

 

Related Articles

Back to top button
Close