News

धरानमा विद्युत सट भएर आगलागी, आमा छोरीको मृत्यु

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित स्विमिङ पुल नजिक रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। बिहीबार बिहान सुरुमा विद्युत सट भएर घरमा आगो लागेको हो।

घरमा आगो लागेपछि खाना पकाउने ग्यास पड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुडिराज न्यौपानेले बताए। नरबहादुरको दुई तले काठको घरमा आगो लागेपछि धनमाया अशक्त छोरीलाई बचाउनका लागि घरभित्र पसेकी थिइन्।

धनमाया आगलागी रहेको घरभित्र पस्नासाथ ग्यास पड्किएर विष्फोट हुँदा दुइ जनाकै जलेर मृत्यु भएको छिमेकी नरेन मारले जानकारी दिए। धरान उपमहानगरपालिकाबाट ढिलो पुगेको दमकल र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन्।

 

 

 

 

 

Related Articles

Back to top button
Close