News

आर्यघाटमा शब् जलाउँदै गर्दा स्थानीयले गरे ढुंगामुडा, ज्यान जोगाउन आधा जलेको शव बोकेर भागे आफन्त

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक जनाको अन्तिमसंस्कार भइरहेका बेला स्थानीयले आफन्तमाथि आ’क्रम’ण गरेका छन् । हिन्दूस्तान टाइम्सले जनाए अनुसार भारतमा ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृ-त्यु भएको थियो ।

मृ-त्युपछि उनको अन्तिम संस्कार गर्नको लागि मसान घाटमा लगियो र अन्तिम संस्कारको तयारी पनि भयो । तर, कोरोना भाइरसको संक्रमण फैलिने त्रासले स्थानीयले यसको वि’रोध गर्न थाले । अन्तिम संस्कारको लागि जाँदा परिवारसँगै प्रशासनका अधिकारी पनि थिए । अन्तिम संस्कारको प्रक्रिया सुरु हुनासाथ स्थानीयले यसको वि’रोध गरेका थिए ।

मृ’त’कको शव ज’लाउन लाग्दा स्थानीयले ला’ठी, ड’ण्डा र ढुं’गाले प्रशासनका अधिकारी र मृ’त’कका परिवारमाथि आ’क्रम’ण गरेको जनाइएको छ । स्थानीयको आ’क्रम’णपछि परिवार र अधिकारीलाई बचाउनको लागि मृ’त’कको आधा जलेको शव लिएर आफन्तहरु त्यहाँबाट भाग्न बाध्य भएको जनाइएको छ ।

मृ’त’कका छोराले भने ‘हामी एक राजश्व अधिकारी र एक मेडिकल टिमसँग अन्तिमसंस्कारको लागि निर्धारित स्थानमा गएका थियौं । दामान क्षेत्रको एक आर्यघाटमा चितामा श’व जलाउँदै गर्दा ठूलो संख्यामा स्थानीय त्यहाँ पुगे र अन्तिम संस्कार रोक्न लागे ।’

दाहसंस्कारमा मृ’त’ककी पत्नी, दुई छोरा र नजिकका आफन्त मात्र थिए । उनीहरुले ज्यान बचाउन आधा जलेको शवलाई एम्बुलेन्समा लिएर भागेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

रोजगारको लागी बिदेश गएको ९ महिनामै एक सल्यानीकाे मृत्यु भएको छ ।गएको चैत्रमा रोजगारको लागी मलेसिया पुगेका सल्यान शारदा नगरपालिका वडा नम्बर १२ अम्राई टाकुराका १८ वर्षिया सुशील खडकाको ९ महिनामै बाकसमा लास फिर्ता भएको छ । मलेसियाको ग्लोव्स कम्पन्नीमा काम गर्ने उनि कोठामा सुतिरहेको बेला मंसिर ६ गते मृत अवस्थामा भेटिएको पारिवारीक श्रोतले बताएको छ ।
उनको शवलाई परिवारको आग्रहमा स्वदेश ल्याएर आज बुधबार अन्त्यस्टी गरिएको हो । धनकमाउन बिदेश पुगेका खड्काको यसरी बाकसमा लास आउदा उनको घरपरिवार र आफन्तहरु विक्षिप्त र भावविवहल अवस्थामा देखिएका थिए ।
सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारिको व्यवस्था गर्ने र ५ वर्ष भित्र युवाहरुलाई बिदेश पलाईन हुनवाट रोक्ने सपना बाँडिरहेको बेला दिनदिनै युवाहरु विदेश पलायन हुने र केहि बाकसमा लास बनेर फिर्ता हुने अवस्था बढिरहेको छ । जोस र जाँगर भएका युवाहरुलाई सरकारले स्वदेशमै रोजगार श्रृजना गरेर यसरी बाकसमा लास बनेर आउनबाट कहिले रोक्ला ?

Related Articles

Back to top button
Close