Video

पेटमा बच्चा छैन भनेपछि नवराजका आमा र बहिनि आक्रोश हुँदै भने, औसधि खुवाएर फाले, तुरुन्तै परिक्षण हुनुपर्छ

रुकुम जाजरकोट घटनामा मिडियामा विभिन्न कुरा आइरहँदा अहिले नवराज विकका सबै परिवारले सो घटनामा निष्पक्ष छानविनको माग राखेका छन् । घटनालाई राजनीतिकरण गरिन लागेको र तथ्यलाई अन्ते मोड्न लागेको भन्दै उनीहरुले निष्पक्ष छानविनको माग राखेका छन् । उनीहरुले युवती गर्भवती भएको फेरी दावी गरेका छन् । उनीहरुले ति युवती आफ्नो घरमा आउँदा युवतीले गरेको गतिविधिको बारेमा पनि केही कुरा बताएका छन् । नवराजका बहिनीहरुले आफुलाई पनि मैयाँ साहेव भन्दै सम्बोधन गर्ने गरेको पनि बताएका छन् ।

बहिनीहरु र आमाले युवतीको स्वास्थ्य परिक्षण गर्न पनि माग गरेका छन् । उनीहरुले नवराजलाई युवतीले नै आफु गर्भवती छु छिटो लिन आउ भनेर बोलाएका कारण नवराज लिन गएको दावी गरेका छन् । उनीहरुले युवतीको भाई र भाउजुले दिएको सार्वजनिक अभिब्यक्तिको खण्डन गरेका छन् ।

उनीहरुले घटनामा अझ धेरै संलग्न भएको भन्दै सबैलाई कारवाहीको भागीदार बनाउनुपर्ने माग गरेका छन् । घटनामा १८ जना मात्र पक्राउ परेको सुनिएको छ । दुई जना पक्राउ गर्न खोजिरहेको भन्ने सुनिएको छ । तर त्यती मात्र घटनामा संलग्न भएका होइनन् । करिब डेढ सय मानिसले ल’खेटेका छन् । त्यो घटनामा धेरै मानिस संलग्न छन् सबैलाई कारवाही गर्नुपर्छ ।

उनीहरुले यो घटनाका कारण लामो समय सम्म रिसिइवी हुने भएकाले घटनालाई खेलाची गर्न नहुने बताएका छन् । १९ जनालाई २० जनाले मात्र यति ठूलो घटना गराउन नसक्ने भन्दै दोहोरो झडप भएको भए रुकुमका पनि घाइेत हुनुपर्ने एका पट्टीका मानिस मात्र किन निधन भयो ? उनीहरुको प्रश्न छ । उनीहरुले भेरीमा आफै पसेको भए उनीहरु पौडिएर निस्कन सक्ने तर्क राखेका छन् । नवराजको आमाले फेरी पनि युवतीको गर्भ छ भने त्यो आफुहरुलाई चाहिने कुरा दोहोर्याएका छन् । उता युवतीको भाउजु र भाईले भने त्यसको खण्डन गरेका छन् ।

 

 

 

 

 

 

 

 

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहेकी छन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उनलाई तोकिएको छ ।

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छन् । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छन् ।

कोरोना अस्पतालमा केही दिनयता स्वाब सङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्रमितको चौबीसै घण्टाको व्यवस्थापन उनको थाप्लोमा छ । उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उनी आफैँले गर्दै आएकी छन् ।

उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सङ्क्रमित निको पार्न र सङ्क्रमण सार्नबाट रोक्न उनको व्यवस्थापन प्रभावकारी देखिन्छ । दैनिक सङ्क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उनले बुझ्ने गर्छिन् । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उनको दैनिकीमा पर्दछ । उनले भनिन्, “दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।”

खानादेखि औषधिसम्मको चाँजोपाँजो आफैँले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उनले बताइन् । डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहेकी छन्। “गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु”, उनले भनिन् “सङ्क्रमितलाई सकेसम्म छिटो सङ्क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ ।”

सङ्क्रमितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उनी तल्लीन छिन् । जसका कारण सङ्क्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उनले बताइन् । उनले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६ सय जनालाई सेवा दिइसकेको छ । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उनी अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आएकी छन् ।

माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उनले बताइन् । उनले सङ्क्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताइन् । “सङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ”, उनले भनिन्, “यो सङ्कटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनौँ भने कसले उपचार गर्छ ।” एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसकेकी छन् । उनले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताइन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा भुर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढङ्गले गरिरहेको बताए । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पूरा गरेमा सङ्क्रमणबाट जोगिन सकिने उनको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ । रासस

Related Articles

Back to top button
Close