News

कोरो’ना निको नहुँदै ६ जनालाई डिस्चार्ज

२३ जेठ, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना सं’क्रमित निको नहुँदै डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना सं’क्रमितलाई शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

‘स्वास्थ्य मन्त्रालय ले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरु लाई डिस्चार्ज गरिएको हो ’श्रेष्ठले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्र’मितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’

अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १का २० र २७बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुष लाई डिस्चार्ज गरेको हो ।उनीहरु भारत बाट जेठ ८ गते कैलाली को गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताए ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरु सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको बताए ।‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई हामीले डिस्चार्ज गरेका हौँ’ उनले भने ‘उनीहरुको स्वास्थ्य अवस्था पनि अहिले राम्रै छ । ’

पहिलो पटकमा पीसीआर पोजेटिभ आएका ती ६ जनाको दोस्रो पटक परीक्षण नगरी अस्पतालले डिस्चार्ज गरेको हो । चिकित्सकहरुले उनीहरुलाई अझै दुई साता सम्म घरमा सुरक्षित ढंग बाट बस्न सुझाव दिएर डिस्चार्ज गरेको बताएका छन् । अस्पताल ले ६ जना लाई अलपत्र पारेको समेत आरो’प लागेको छ ।
शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भएका उनीहरु साँझ अबेरसम्म धनगढीमै अलपत्र अवस्थामा छन् ।

 

 

 

यो पनि पद्नुहोस

सुर्खेत, २३ जेठ : पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ

Related Articles

Back to top button
Close