News

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

 

२४ जेठ, काठमाडौं । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे ।

कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ भेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

 

 

 

 

 

 

यो पनि पद्नुहोस

जनकपुरधाम, भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृ’त्यु भएको उनका छिमेकीले बताएका छन्। नयाँ दिल्लीको एक सि’लाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १६ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृ’त्यु भएको छिमेकी रमेशकुमार साहले बताए। रो’स्तमसँगै उनका छिमेकी इ’न्ताज अ’न्सारी र मे’हबुब अ’न्सारी तीन वर्षदेखि उक्त सि’लाइ का’रखानामा कार्यरत्त थिए। कोरोना महामारीबाट ब’च्न भारत सरकारले लकडाउन गरेपछि का’रखाना ब’न्द भएको थियो।

त्यसपछि का’रखानाले उनीहरुलाई खाना नदिँदा तीनैजना मा’गेर खाने गरेका थिए। ‘रो’स्तमसँगै काम गरेका छिमेकी भाइहरूले दिल्लीमा मा’गेर खाने अवस्थामा पुगेकाले सधैं खान नपाएको र अरुले दिएको ख’ण्डमा मात्र खान पाउने गरेको बताएका छन्’, छिमेकी रमेशकुमार साहले फोनमा भने। दिल्ली सरकारले लकडाउनले गर्दा आपतमा परेकाहरूलाई निशुल्क खाने बस्ने व्यवस्था गरेको भएपनि उनीहरू त्यस्तो व्यवस्था गरिएको ठाउँसम्म पुग्न नसकेकोजस्तो देखिएको छ। खानाको अ’भावसँगै अन्य कारणले पनि ती युवकको मृ’त्यु भएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ, जसबारे थप बुझ्ने काम भइरहेको छ।

गएको मंगलबार राति भो’कले सहकर्मी रो’स्तमको मृ’त्यु भएपछि आ’त्तिएका छिमेकी दुई युवक भा’गेर नयाँ दिल्लीबाट रेल चढेर नेपाल आउन हिंडेको फोनबाट घरमा जानकारी गराएका साहले बताए। सीमा सि’ल गरिएका कारण उनीहरु सी’मावर्ती भारतीय क्वारेन्टिनमा रहेको स्थानीय साहको भनाइ छ। मृ’तक युवक रोस्तमका बुबा अन्बर अन्सारीको ११ वर्ष अघि ट्रक दु’र्घटनामा मृ’त्यु भएको थियो। घरमा रो’स्तमकी आमा र १२ वर्षीय भाइ मात्रै रहेका छन्।

Related Articles

Back to top button
Close