कपिलवस्तु कारागारका एक थुनुवाको मृत्यु
कपिलवस्तु : कपिलवस्तु कारागारमा कर्तव्य ज्यान मुद्दाका एक थुनुवाको मृत्यु भएको छ। मृत्यु हुनेमा यशोधरा गाउँपालिका–७ ईटवा गाउँका ५४ वर्षीय राम अधिन काहार रहेको कपिलवस्तु कारागारले जनाएको छ।
थुनुवाको काहार शनिबार बिहानको खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको जेलर राकेश पाण्डेयले बताए। थुनुवा काहार कपिलवस्तु अस्पताल आउँदा मृत्यु भइसकेको अवस्थामा रहेको कपिलवस्तु अस्पतालले जनाएको छ।
मृतक काहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको पाण्डेयले बताए। मृतक काहार २०७६ साल साउन २ गतेदेखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अन्र्तगत पुर्पक्षका लागि कपिलवस्तु कारागारमा थुनामा रहेका थिए।
संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा ८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।
अउरा सोटो मोरालेस, जो उनका साथीहरु र परिवारका लागि योशी भनेर चिनिने ती बालिकामा संक्रमण देखिएको एकहप्तापछि उनमा कोरोनाभाइरस जटिलता बढेको थियो ।
दुरहमको युएनसी अस्पतालमा कोमामा राखेर उपचार भैरहेकोमा सोमबार उनको मृत्यु भएको हो ।
उनमा त्यसअघि कुनै अन्य पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । उनी सो राज्यमा कोरानाका कारण ज्यान गुमाउने पहिलो बालिका हुन् । (एजेन्सी)