News

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण

गुलरिया : बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ। कार्यालकै क्वाटरमा बस्दै आएका उनलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ पाइएको हो।

बर्दियाबाट भर्खर मन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारीलाई पुर्‍याउन जाँदासँगै स्वाब परीक्षण गराउने क्रममा प्रजिअको नतिजा नेगेटिभ र चालकको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए। प्रजिअकै सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय लगायत स्थानीयमा त्रास फैलिएको छ।
भर्खर बर्दिया आएका नयाँ प्रमुख जिल्ला अधिकारीबाट सोही सवारीको प्रयोग हुँदै आएको थियो। स्वास्थ्य कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालयका नयाँ प्रमुख जिल्ला अधिकारीसहित कार्यालयमा कार्यरत १७ जना कर्मचारीको नमुना स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको निरिक्षक चौधरीले जानकारी दिए। कार्यालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा छन्। उनले भने ‘हामीले संक्रमितबाट कन्ट्रयाक हिस्ट्री लिँदैछौ, आवस्यक परे परीक्षणको दायरा बढाउँछौ।’

‘स्वास्थ्य कार्यालयको भीटीएम तथा आरडीटी किट लगायतका सामाग्री ल्याउने गरेका उनलाई सोही क्रममा तथा प्रजिअसँगै क्वारेन्टाइनहरुमा जाँदा वा अन्य कुन कारणले संक्रमण भएको हो, हामी पत्ता लगाउँदैछौ।’ उनले थपे, ‘उहाँको को–कोसँग सम्पर्क भयो खोजी हुँदैछ। संक्रमित भेटिएपनि समुदायमा डराउनुपर्ने कुनै अवस्था छैन।’

नयाँ प्रमुख जिल्ला अधिकारी बर्दिया आइसकेपछि आयोजना गरिएको पत्रकार परिचयात्मक कार्यक्रममा पुगेका जिल्लास्थित केही पत्रकारहरुले पनि आफूहरुलाई शंकाको घेरामा राखेका छन्। कार्यक्रममा सहभागी पत्रकारहरुको स्वाबको नमुना लिई तत्काल परीक्षणको व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताए। महामारीका बेला सजग र संयमित भै कार्यक्षेत्रमा काम गर्न सम्पूर्ण पत्रकारहरुलाई अध्यक्ष धितालले अनुरोध गरेका छन्।

जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै स्थानीय प्रशासनले कडाई गरेको छ। सदरमुकाम गुलरियास्थित प्रशशसन कार्यालय रहेको वडा नम्वर ६ मा कडाई गरिएको छ। अत्यावस्यक सेवा बाहेकका सवारी साधनको आवागमन बन्द गरिएको छ। शनिबार बर्दियामा एकैदिन २८ जनामा कोरोना पुष्टि भएको छ। जिल्लामै स्वाब परीक्षण गरिएकामध्ये बर्दियामा संक्रमितको संख्या ४० पुगेको छ। जिल्ला बाहिर बस्दै आएका बर्दियाका स्थानीयहरुमा समेत परीक्षणका क्रममा कोरोना संक्रमण पाइएको छ।

 

 

 

 

 

 

 

 

 

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर निधन भएको हो ।

स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताउनुभयो । चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ । चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको निधन

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको निधन भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति निधन भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताउनुभयो ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर निधन भएको स्वास्थ्य सहायक भट्टले बताउनुभयो ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते निधन भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

 

 

 

 

 

 

 

काठमाडौ । नेपालका लागि एकाबिहानै दु:खद खबर आएको छ । बिहानै एक ब्यक्तिको क्वारेन्टिनमा नै मृत्यु भएको खबर आएको हो । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म उनको ला श नउठाइने जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म ला श प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भारतको कोरोना संक्रमित संख्याले इटालीको संक्रमित संख्यालाई उछिनेको छ।

पछिल्लो विश्व विवरण अनुसार इटालीलाई उछिन्दै धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ, जबकी इटालीको कुल कोरोना संक्रमित संख्या २ लाख ३४ हजार ५ सय ३१ रहेको छ।

यसैगरी कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा एकैदिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएपछि दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो।

योसँगै शुक्रबारसम्म भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५ सय ७५ पुगेको छ।

दैनिक मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएपनि संक्रमित दरका आधारमा मृत्युदर स्थिर नै रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हाल योदर २.८ प्रतिशत रहेको छ। विश्वमा यो दर ५.८ प्रतिशत रहेको छ।

पछिल्ला सात दिनमा भारतको कोरोनाका कारण हुने औषत मृत्यु संख्या २ सय ३९ रहेको छ। यसअघि यो १ सय ७९ थियो।

यसैगरी भारतमा संक्रमित संख्या प्रतिदिन १० हजारको नजिक पुग्न थालेको छ। लगातार तेश्रो दिन पनि संक्रमित संख्या ९ हजारमाथि हुँदै गएकाले यो दरले छिट्टै १० हजार छुने ठानिएको छ।

शुक्रबार भारतमा ९ हजार ३ सय ९८ नयाँ संक्रमित फेला परेका थिए भने बिहीबार र बुधबार यो संख्या क्रमशः ९ हजार ९ सय ६२ र ९ हजार ५ सय ६५ थियो।

विशेषज्ञहरूले लकडाउन घोषणाले संक्रमणदरलाई कम गरेको भएपनि विस्तारै खुकुलो भइरहेको लकडाउनका कारण जुन-जुलाईमा यो संख्या आफ्नो उच्चतम बिन्दुमा पुग्ने र क्रमशः कम हुन थाल्ने जनाएका छन्।

Related Articles

Back to top button
Close